नेपालगञ्जमा बढे स्क्रब टाइफसका बिरामी



Download our app to get more features

नेपालगञ्ज मंसिर १३ । स्क्रब टाइफस संक्रमण भई उपचारका लागि  बा“केको नेपालगञ्जका अस्पतालहरुमा  भर्ना हुने बिरामीहरुको संख्या दिनहुँ  बढ्दो छ । यस क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलाली लगायत ७ जिल्लाबाट मंसिरको दोस्रो सातासम्म १ सय ७७ जना स्क्रब टाइफस बिरामीहरु उपचार गराएर फर्किएका छन ।

१७ नमुनामा सबैमा स्क्रब टाइफस
नेपालगञ्जका अस्पतालहरुले उपलब्ध गराएको १७ वटा रगतको नमुनाको केन्द्रिय जनस्वास्थ्य प्रयोशालामा परिक्षण भएको थियो । परिक्षणमा १७ वटै नमुनामा स्क्रब टाइफस  पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्काले बताएको छ । स्क्रब टाइफस संक्रमण भएकालाई नेपालगञ्जको भेरी अंचल अस्पताल, शिद्धार्थ अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार हु“दै आएको छ । नेपालगञ्जका अस्पतालहरुमा दैनिक ३/४ जना स्क्रब टाइफसका बिरामीहरु आउने गरेको चिकित्सकहरुको भनाई छ ।

विगतमा अनुमानको भरमा उपचार
नेपालगञ्जका अस्पतालहरुले स्क्रब टाइफस भए नभएको एकिन गर्ने प्रयोगशालामा किट ल्याएर बिरामीको रगत परिक्षण गर्दा गत साउन देखि हालसम्म १ सय ७७ जनामा स्क्रब टाइफस  पोजेटिभ देखिएको हो । नेपालगञ्जका अस्पतालहरुमा बर्षाै देखि स्क्रब टाइफसका  बिरामीहरु उपचारका लागि आएपछि स्क्रब टाइफस जा“च गराउने प्रयोगशालामा किट  नहुँदा अधिकाँश बिरामीको अनुमानको भरमा उपचार हुदै आएको थियो ।

के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस मुसा र किर्नाबाट मानिसमा सर्ने रोग हो । यो रोग लागेका  बिरामीलाई ज्वरो आउने, शरीरका अंगहरु दुख्ने जस्ता लक्षणहरु देखिन्छन् । तर स्क्रब टाइफस रोग लाग्दैमा डराइहाल्नु भने पर्दैन ।

सजिलै उपचार
यो रोग लागे रगत परिक्षण गरेर सहजै रोग पत्ता लगाउन सकिने र सामान्य एन्टिबाइटिक खाएर रोग निको हुने भएकाले आत्तिनु नपर्ने भेरी अंचल अस्पतालका फिजिसियन डा. राजन पान्डे बताउ“छन् ।  नेपालगञ्जका अस्पतालहरुमा उपचारका लागि आएका सबै बिरामी निको भएर घर फर्किएको र हालसम्म कुनै पनि बिरामीको मृत्यु नभएको जिल्ला जनस्वास्थ्य कार्यालय बा“केले जनाएको छ ।

 

 

Last modified on 2016-11-28 17:05:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts