पहिलोपटक बाल सघन चिकित्सा कार्यशाला



Download our app to get more features

भक्तपुर, मंसिर १३ । नेपालमा बाल सघन चिकित्सा (आईसीयू) सम्बन्धी चुनौतीका विषयमा नेपालमै पहिलोपटक कार्यशाला आयोजना गरिएको छ ।

बाल सघन चिकित्सा कार्यशाला भक्तपुरस्थित सिद्धि स्मृति महिला तथा बाल अस्पतालमा उक्त कार्यशाला भएको हो । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा नेपाल बाल सघन चिकित्सा समाजले उक्त कार्यशाला आयोजना गरेको हो ।

आईसीयू सेवा दिन नेपालभरका अस्पतालबाट २५ जना बालरोग विशेषज्ञको सहभागिता रहेको कार्यशालामा बालबालिकाको उपचारमा कोशेढुंगा साबित भएको आयोजकको दाबी छ । कार्यशालामा बाल सघन चिकित्सासम्बन्धी चुनौतीबारे बिस्तृत छलफल गरिएको जानकारी अस्पतालका बालरोग विशेषज्ञ डा.गणेन्द्रभक्त रायले दिए ।

कार्यशालाले बाल सघन चिकित्सासम्बन्धी कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गरेको उनको भनाइ छ । ‘बालबालिकाको सेप्सिस रोगमा प्रयोग हुने एन्टिबायोटिकमा नेपालका सबै अस्पतालमा एकरुपता ल्याउने कार्यविधिसमेत तयार गरिएको छ’,डा.रायले भने, ‘कार्यविधिले नेपालमा बाल सघन चिकित्साको स्तरोन्नति गर्न मद्दत मिल्नेछ ।’

सिकिस्त बच्चालाई एक अस्पतालबाट अर्को अस्पतालमा गरिने स्थानान्तरणलाई सुरक्षित बनाउने प्रक्रियामा एकरुपता ल्याउन प्रारम्भिक कार्यपत्र तयार पारिएको जानकारी अस्पतालका अर्का बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठले दिए ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ) 
 

Last modified on 2017-07-26 13:56:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts