हस्तमैथुन, आवश्यकता कि विवशता ?



Download our app to get more features

स्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिएतापनी भावार्थ त्यसभन्दा व्यापक रुपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनाङ्गलाई चरम सुख प्राप्तीको लागी हदसम्म हात वा विशेष पद्दती अथवा उपकरणको सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी संगसंगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई गरिदिने हस्तमैथुनलाइ पारस्परीक हस्तमैथुन भनिन्छ । 

हस्तमैथुन सबै उमेर र लिङ्गका व्यक्तीहरुले प्रयोग गर्ने आत्मरतीको माध्यम हो । यो यौन व्यवहार आधुनिक युगको सभ्यताको मात्र उपज होइन । हस्तमैथुनलाई प्राचिन र प्रागैतिहासीक कालका आदिमानवदेखी हालसम्म प्रत्येक युगका स्त्री पुरुष समलिङ्गी र उभयलिङ्गीले प्रयोग गर्ने गरेका छन । यसको प्रयोगको प्रक्रिया र साधनमा बढी विविधीकरण हुँदै गएको भने अवश्य हो । सामान्यतया हस्तमैथुनसँग मनोवैज्ञानीक सहयोगीका रुपमा फ्यान्टासी पनि प्रयोग हुने गर्दछ तर शतप्रतिशत अवस्थामा यसो हुनै पर्दछ भन्ने जरुरी छैन । यसका साथै यौन सामग्रीहरुको अध्ययन र अवलोकन अथवा एकान्तमा तिनको सम्झनामात्र पनी हस्तमैथुनका लागी सहयोगी साधन बन्न सक्छ । 

हस्तमैथुनको विभिन्न तरीकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन डिल्डो भाइब्रेटर, जि स्पट स्टिमुलेटर, थुक अथवा जेलीको प्रयोगद्वारा यौनाङ्गको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरीका हुन । जिब्रो र ओठको प्रयोग पनी त्यसपछी बढी प्रयोग हुने तरिकामध्ये पर्दछ । मुखमैथुन भन्दा अलग्गै हस्तमैथुनका लागी पनी यिनीहरुको प्रयोग भएको पाइन्छ । अटोफेलासियो, अटोकनीलिङ्गस् । यसबाहेक यौनङ्गलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रया पनी प्रचलनमा छ । पछिल्ला दुइ तरिकामा हातको प्रयोग नहुने भएपनी ति सबै व्यवहारलाई हस्तमैथुन भन्ने गरिन्छ । 

हस्तमैथुनको विभिन्न तरीकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन डिल्डो भाइब्रेटर, जि स्पट स्टिमुलेटर, थुक अथवा जेलीको प्रयोगद्वारा यौनाङ्गको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरीका हुन ।

माथि उल्लेख गरेझैँ जोडीहरुद्वारा एकअर्कासंगै यौन सन्तुष्टिका लागी गरीने हस्तमैथुनलाई पारस्परीक हस्तमैथुन भनिन्छ । पारस्परीक हस्तमैथुन दुइ किसीमका हुन्छन । पहिलामा एकअर्काका यौनाङ्गलाइ नछोइकनै तर एक अर्का संगै रहेर या आफ्नो यौनाङ्गलाइ चलाएर गरीने हस्तमैथुन र दोस्रोमा एकले अर्काका यौनङ्गहरुलाई संगसंगै चलाइदिएर गरीने हस्तमैथुन पर्दछ । 

सबै सभ्यताहरुमा वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाइ प्रज्वलित नगरेसम्म हस्तमैथुनलाइ पनी रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन व्याप्त रह्यो । प्राचिन ग्रिसेली समाज यौन व्यवहारका दृष्टिकोणबाट खुल्ला र उदार मानीएतापनी ग्रिसेली वैज्ञानीक जोडि सोरानस र गनेनले हस्तमैथुनलाइ दोषमुक्त देख्न सकेनन । युरोप र अमेरीकामा सन्त अगस्तिन र टिसटले त यसको खुलेर आलोचनामात्र गरेनन् मानिसका सम्पुर्ण रोगव्याधी र दुखका कारण समेत यसैलाइ बनाए । हुँदाहुँदा समलिङ्गी मैथुनजस्ता यौन व्यवहारलाई पनी हस्तमैथुनकै शीर्षकमुनी राखेर उनीहरुले यसलाई गल्तीको धोक्रो नै सावित गर्न समेत भ्याए । 

हस्तमैथुनबाट कुनैपनी किसिमको शारीरिक वा मानसिक हानी हुन्छ भन्नु भोक लागेकोलाई खाना खाएर वा निन्द्रा लागेको मानीसलाइ सुतेर हानी हुन्छ भन्नु जस्तै हो । मैले आफ्नो चिकित्सा पेशाको अनुभव तथा संचार माध्यमहरुमा यौन सम्बन्धि समस्याबारे बोल्ने वा जवाफ दिने क्रममा धेरै किशोरकिशोरी र युवा युवतीका यससम्बन्धी द्विविधा र जिज्ञासाहरु पाएको छु । अहिले पनि यस बिषयमा यथार्थ जानकारी पाउने आशा राखेर मलाइ दिनैपिच्छे अनेकौं इ–मेल पठाइएका हुन्छन । 

पश्चिमेली सभ्यातामा भिक्टोरीयाली युग भनी कहलिएको सत्रौँदेखी उन्नाइसौं शताब्दीसम्म पूर्वेली सभ्यातामा वैज्ञानिक रुपान्तरण हुन सुरु हुनु अघिको अवस्थासम्म एक–एक थोपा विर्य हजारँौ थोपा रगतबाट बन्छ र यसको रक्षा गर्नु पर्दछ, बच्चा पाउन बाहेक अरु प्रयोजनका लागी विर्यको क्षती हुनु हुँदैन भन्ने जस्ता तर्कहरु दिएर परम्परावादी मठाधिसहरु आफु संगसंगै सम्पुर्ण समाजलाई भ्रमित पारिरहेका हुन्थे । तर रगत बन्ने अनि नाश हुने र फेरी बन्ने नियमित प्रकृयाझैँ विर्य बन्ने अनी यौन स्वप्नदोष (सुतेका बेलामा अवचेत मस्तिष्कले यौन आनन्द प्राप्त गरेपछी विर्य आफै स्खलित भएर जाने प्रकृया , जसका बारेमा पनी यस्तै भ्रमपुर्ण धारणाहरु फैलाइएका छन । र त्यो प्रकृया पनी हानीकारक होइन भन्नेकुरा वैज्ञानिक रुपमा प्रमाणीत भैसकेको छ । ) वा पिसावबाट आफ्नो निकास खोज्ने र फेरी नयाँ विर्य बन्ने प्रकृया मानवको शारीरीक प्रणालीको यथार्थ हो । यसरी हस्थमैथुन गरेपनी नगरेपनी विर्य नाश हुन्छ र फेरी बन्दछ । 

तर रगत बन्ने अनि नाश हुने र फेरी बन्ने नियमित प्रकृयाझैँ विर्य बन्ने अनी यौन स्वप्नदोष (सुतेका बेलामा अवचेत मस्तिष्कले यौन आनन्द प्राप्त गरेपछी विर्य आफै स्खलित भएर जाने प्रकृया , जसका बारेमा पनी यस्तै भ्रमपुर्ण धारणाहरु फैलाइएका छन । र त्यो प्रकृया पनी हानीकारक होइन भन्नेकुरा वैज्ञानिक रुपमा प्रमाणीत भैसकेको छ । )

त्यसकारण हस्तमैथुनले बरु यौनातुर पुरुष र स्त्री लाइ आफुले राख्न नचाएको वा सामाजीक नैतीक मान्यताबाहिर परेको यौन सम्बन्धबाट बचाउँदछ र यसै क्रममा यौन रोगबाट बचाउन मद्दत गरेर फाइदा पुयाउँदछ भनेर बुझ्नु सुल्टो हो । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकोमा अनावश्यक पछुतो मानेर आफ्नो मन मस्तिष्कलाइ अनावश्यक दवाब पुर्याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाह पछीको यौन जिवन बिग्रन्छ, यौनाङ्ग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम आफै पालेर आफुलाइ अस्वस्थ मान्छे ठान्ने स्वभाव उल्टो हो ।

 झट्ट हेर्दा अत्याधिक चर्चाका कारणले गर्दा हस्तमैथुन पुरुषहरुको मात्र पेवा यौन व्यबहार जस्तो देखिन्छ । तर हस्तमैथुन गर्ने महिलाको सङख्या पनी कम छैन । आफ्ना कुराहरुलाइ गोप्य राख्नसक्ने महिलाहरुको क्षमतालाइ साधुवाद दिनैपर्ने कारण यही कुराबाट पनी प्रष्ट हुन्छ । हस्तमैथुनका लागी बन्ने सेक्स टोय मध्ये अधिसङख्यक महिलाकै लागी उपयुक्त छन र तिनको बजार पनी ठुलो छ । 

यौन विज्ञानका अनुसार हस्तमैथुनले महीलालाइ आफ्नो यौन व्यवहार तथा त्यसको प्रकृया सम्बन्धमा सिक्ने अवसर प्रदान गर्दछ । हस्तमैथुनका बेला हुने यौनिक स्राबले यौनाङगहरुमा हुने रक्तसंचारलाइ समेत सन्तुलित गर्दछ । कतिपय महिलाले महिनावारीका वेला हुने पिडा कम गर्न समेत हस्तमैथुनका उपायहरु अवलम्वन गर्ने गरेका छन । 

हस्तमैथुन गरेकै कारणले कुनै मान्छे दुब्लाउँदैन, कति हस्तमैथुन गर्ने भन्ने कुरा मान्छेको यौन चाहाना भएका बेला यौन साथीको अभावको परीस्थीतिले निर्धारण गर्नुपर्दछ । हस्तमैथुन गर्ने र फेरी गल्ती गरें भनेर चिन्ता गर्ने मान्छे बरु दुब्लाउन सक्छ । तर हस्तमैथुनका पक्षमा जतिसुकै बढि वकालत गर्ने आधुनिक समयका हामी यौन चिकीत्सक हरुले पनी दुइवटा कुरा मान्नै पर्ने हुन्छ । एउटा, हस्तमैथुनलाइ आवश्यकता भन्दा बढी लतका रुपमा प्रयोग गर्ने र अर्काे यसलाइ सम्भोगको स्थाइ विकल्पका रुपमा प्रोत्साहन दिएर अग्रगामी बन्ने दुश्साहस कसैले गर्नुहुँदैन । 

हस्तमैथुन गरेकै कारणले कुनै मान्छे दुब्लाउँदैन, कति हस्तमैथुन गर्ने भन्ने कुरा मान्छेको यौन चाहाना भएका बेला यौन साथीको अभावको परीस्थीतिले निर्धारण गर्नुपर्दछ । हस्तमैथुन गर्ने र फेरी गल्ती गरें भनेर चिन्ता गर्ने मान्छे बरु दुब्लाउन सक्छ ।

तर आफ्ना प्राकृतिक अङग हात र दिमागको कल्पनाशक्ति (फ्यान्टासी) लाइ कम आँक्न मिल्दैन । कृत्रिम सेक्स टोयको प्रयोग सुरु हुनुअघी मानीसले प्रयोग गर्ने गरेका आदि सेक्स टोय तिनै हुन । तिनको प्रयोगमा पनि नारीहरु पुरुषभन्दा पछी छैनन् । केवल एक अकौ विचमा हुने कुराकानीबाट सिकेर गर्ने कुरामा पुरुषहरु नारीभन्दा अगाडी हुन्छन, कारण नारीहरु आफुले अस्वभाविक ठानेका यौन व्यबहारहरु अत्यन्त आवश्यक स्थिति र विश्वासी मित्र बाहेक अरुसँग बाँडीचुँडी गदैनन् यसैकारणले पनी यौन इच्छा व्यवस्थापन गर्ने क्रममा हस्तमैथुनको प्रक्रिया नजानेर हिस्टेरीयाको सिकार हुनेमा किशोरी र युवती अनी बालबिधवाहरुको सङख्या अत्याधिक छ । यथार्थमा पुरुष र महिलामा आफ्नै यौन विस्फोटनलाइ व्यवस्थीत गर्न तुलनात्मक रुपमा हानीरहित साधनका रुपमा हस्तमैथुनको आवश्यकता र महत्व बराबरी छ । 

डा. सुवोधकुमार पोख्रेलको पुस्तक ‘सृष्टिको रोमान्स’बाट
 

Last modified on 2017-07-26 14:27:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. हस्तमैथुन गर्दा मानवशरिरलाई हुने बेफाइदाहरु केके होलान।

  2. हस्तमैथुन गर्दा मानवशरिरलाई हुने बेफाइदाहरु केके होलान।

  3. Good thinking


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts