यूरोसर्जनहरुको सम्मेलन शुरु



Download our app to get more features

काठमाण्डौं, २५ चैत्र । मृगौला वा पित्तथैलीमा भएको समस्याबाट ग्रसित हुनुहुन्छ भने चिन्ता मान्नु पर्दैन । मिर्गौला, पित्त र पिसावसम्बन्धी कुनै समस्या भए उपचारका लागि अब विदेश जानु नपर्ने भएको छ । पत्थरी तथा पिसाब सम्बन्धी सबै समस्याको बिना शल्यक्रिया उपचार गर्न सकिने भएको छ । 

बिहीबार काठमाण्डौंमा शुरु भएको युरो सर्जनहरुको सम्मेलनमा शल्यक्रिया बिना नै पत्थरीको उपचार गर्ने विधिको प्रर्दशन गरीएको थियो । नेपाल एसेसिएसन अफ युरोलोजिकल सर्जनहरुको सम्मेलनमा नेपाल, भारत, चीन, कुवेत, सिंगापुर र न्यूजिल्याण्डका १ सय ५० भन्दा बढी युरोसर्जनहरुको सहभागी कार्यक्रममा विभिन्न देशका अनुभव आदान प्रदान गर्ने छन् । सम्मेलनमा युरो सर्जनमा पछिल्लो समय प्रयोग भएको विभिन्न नयाँ विधिहरुको बारेमा पनि छलफल हुनेछ । 

सम्मेलनमा ग्राण्डी अस्पतालको शल्यक्रिया कक्षबाट मेसिनको प्रयोगबाट बिना अपरेसन गरीएको पत्थरीको उपचारको प्रत्यक्ष प्रसारण गरीएको थियो । युरोपमा गतवर्ष मात्र शुरु भएको यो उपचार पद्धति यसअघि नै ग्राण्डी अस्पतालले शुरु गरीसकेको दावी गरेको छ ।

वरिष्ठ युरोलोजिस्ट प्राध्यापक डा. प्रेमराज ज्ञवालीले युरोलोजीसँग सम्बन्धित कुनै पनि उपचारका लागि विदेसिनु नपर्ने बताए । उनले विश्वस्तरको उच्च प्रविधिबाट हुने कुनै पनि उपचार नेपालमा गर्न सकिने बताए ।  
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशबाट आएका युरो सर्जनहरुले पेश गरेको काार्यपत्रमा छलफल हुने बताइएको छ ।
 

Last modified on 2016-04-09 17:48:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts