विस्तारै खुल्न थाले एचआईभी सङ्क्रमित
इलाम, १० मंसिर । आफूलाई लागेको रोग लुकाउन निःशुल्क औषधीसमेत लिन नजिकको स्वास्थ्य संस्थामा नजाने एचआइभी सङ्क्रमित विस्तारै खुल्न थालेका छन् ।
गोपनीयता लुकाउन टाढाको स्वास्थ्य संस्था जाने र किनेर औषधी खाने एचआईभी सङ्क्रमित जिल्लामा स्थापना भएको एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरमा जान थालेका छन् ।
तीन वर्षअघि नै स्थापना भएको सेन्टरमा पछिल्लो वर्ष मात्रै १० जनाले नियमित औषधी लिन थालेका छन् । ताप्लेजुङ, पाँचथर र इलामका एचआईभी सङ्क्रमितले इलाम सेन्टरबाट नियमित औषधी लिइरहेको सेन्टरका एचआईभी काउन्सिलर चन्द्र साँवाले जानकारी दिएका छन् ।
पहिले बाहिरबाट औषधी ल्याएर खानेहरु पनि इलाम सेन्टर आउन लागेको छ, काउन्सिलर साँवाले भने अहिले पनि धेरैले बाहिरबाट औषधी ल्याएर खान्छन् । पछिल्लो पटक मात्रै मेची अञ्चल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र टेकु अस्पताल काठमाडौँमा एचआईमी पुष्टि भएकाले सदरमुकाममा रहेको एआरटी सेन्टरबाट औषधी लिने गरेका छन् ।
औषधी लिन टाढाको स्वास्थ्य संस्था धाउनेहरुको संख्या अझै पनि थुप्रै छ ।
मेची अञ्चल अस्पतालको एआरटी सेन्टरबाट मात्रै इलामको २५÷३० जनाले एन्टी रेट्रो भाइरल थेरापी लिने गरेको साँवाले बताए । धरान लगायत अन्य ठाउँका एआरटी सेन्टरमा इलामबाट सेवाग्राही पुग्छन् ।
उनीहरुलाई पनि यहीँबाट औषधी लिनका लागि भनिरहेका छौँ, उनले भने, कतिजना यहाँ आइसकेका छन्, कोही यहाँबाट औषधी लिनै चाहँदैनन् । सरकारले एचआईभी सङ्क्रमितलाई निःशुल्क औषधी व्यवस्था गरेको भएपनि रोग लागेको खुल्ने डरले भारतीय बजारबाट औषधी ल्याएर खानेपनि छन् ।
साँवाका अनुसार केहीले भारतीय बजारबाट औषधी ल्याएरपनि खाइरहेका छन् । दुईवर्ष अघिसम्म महिनामा १०÷१५ हजार रुपियाँ पथ्र्यो, अहिले पनि पाँच÷सात हजार रुपियाँ पर्छ, साँवा भन्छन्, यहाँ निःशुल्क पाईन्छ तरपनि कतिले रोग लागेको थाहा नदिन किनेर औषधी खाइरहेका पाइएको छ ।
जिल्लामा एचआईभी सङ्क्रमितको संख्यासमेत बढ्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा इलाममा आठ जना एचआईभी सङ्क्रमित थिए । त्यो संख्या बढेर अर्को वर्षमा नौ सय पुग्यो । गत आव २०७२÷०७३ मा १७ जना एचआईभी सङ्क्रमित जिल्लामा छन् ।
सङ्क्रमितमा भारतसँ सीमा जोडिएका क्षेत्रका धेरै छन् । रोजगारीका लागि भारत जाने र असुरक्षित यौन सम्पर्क गर्ने भएकाले उनीहरुमा एचआईभी सङ्क्रमण भएको हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
इलाममा एचआईभी तथा यौन रोग नियन्त्रणका लागि वर्षेनी तीन लाख हाराहारीमा बजेट विनियोजन हुने गरेको छ । सेन्टरबाट सङ्क्रमितले एक महिनाको औषधी लैजान्छन् । प्रत्येक महिना सेन्टरमा धाउनुपर्ने भएकाले उनीहरुले यातायात खर्च खोज्ने गरेको सेन्टरका अर्का परामर्शदाता जय बोहोराको भनाइ छ ।
ताप्लेजुङ, पाँचथरदेखि आउने छन्, बोहोरा भन्छन्, अन्य कतिपय जिल्लामा संघ संस्थाले बाटो खर्च पनि दिने गरेका रहेछन् ।
(आजको गोरखापत्र दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>