स्वास्थ्य संस्था अनुमतिमा अनिश्चितकालिन रोक
काठमाडौँ ९ मंसिर । स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य संस्था सञ्चालन गर्नका लागि अनुमति दिने प्रक्रिया अनिश्चितकालका लागि रोक लगाएको छ ।
काठमाडौँमा नै अधिकाशं स्वास्थ्य संस्था तथा क्लिनिक अवैध पाइएपछि सरकारले अनिश्चितकालका लागि दर्ता प्रक्रियामा रोक लगाएको हो । मन्त्रालयले अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्था तथा क्लिनिकमा गई स्वास्थ्य सेवा नदिन पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीले तत्कालका लागि स्वास्थ्य स.स्था सञ्चालनका लागि नयाँ दर्ता प्रक्रियामा रोक लगाइएको जानकारी दिए । उनले व्यापक मात्रामा अवैध रुपमा स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएकाले तत्काललाई रोक्नुपरेको बताए । डा. उप्रेतीले नयाँ नीति बनेपछि मात्र उक्त रोकावट खुलाउन हुने बताए ।
स्वास्थ्मन्त्री गगनकुमार थापाको प्रेस संयोजक जीवन भण्डारीले नयाँ दर्तालाइृ रोक्नुका साथै समन्वय गर्न नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल तथा स्वास्थ्य व्यवसायिक काउन्सिल लगायत संस्थालाई पनि परिपत्र गरिसकेको जानकारी दिए ।
(आजको गोरखापत्र दैनिकमा सामाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>