कम्मर दुखाई र वैकल्पिक उपचार पद्धति



Download our app to get more features

सावधानीको लागि याद गर्नुहोल की वैकल्पिक उपचारको लागि जानुअघि अर्थोपेडिक डाक्टरकहाँ जँचाएर कम्मरदुखाइको पछाडी कुनै गम्भीर कारण छ कि छैन भन्ने यकिन गर्नुहोस् ।

यदि अपरेशन नै गर्नुपर्ने अथवा अन्य गम्भीर रोग रहेछ भने वैकल्पिक उपचारले फाइदा नहुने सम्भावना छ । उत्तिकै खतराको पनि सम्भावना हुन्छ । यदि त्यस्तै खासै गम्भीर रोग छैन भने मात्र कुनै पनि वैकल्पिक उपचारपद्धति तपाईंको इच्छाअनुसार गराउनुभए हुन्छ । केही लोकप्रिय उपचार पद्धतिहरु बारे तल संक्षिप्त परिचय ज्ञानको लागि उल्लेख छन् । 


१. एक्युपंचरः यो एक चाइनीज चिकित्सापद्धति हो । यसमा शरीरको निश्चित भागहरुमा विभिन्न लम्बार किसिमका सुइरोहरु घुसाएर उपचार गरिन्छ । पुरानो ढाड दुखेको जसमा विभिन्न परीक्षणबाट खासै रोग देखिएको छै भने यो उपचारपद्धति ढुक्क भएर अपनाउन सकिन्छ । 

२. एक्युप्रेशर: यो पनि एक्युपंचरकै सिद्धान्तमा आधारित छ । यसले शरीरको विभिन्न भागहरुका निश्चित विन्दुहरुमा सुइरोको सट्टा विभिन्न माध्यमहरु जस्तैः औला वा मसाज र वा लट्ठी आदिले दवाब दिएर गरिन्छ । 
३. योगः यो भनेको शारीरिक विभिन्न आसन ग्रहण गरेर शारीरिक तथा मानसिक स्वच्छता तथा आरम ल्याउने विधि हो । 

गर्ने समय: बिहान सबेरै अथवा साँझ भुजा खानुअघि । 
 

गर्न नहुने अवस्थाः कुनै बिरामी अवस्थामा, उच्च रक्तचापमा, असाध्य कम्मर दुखेका बेला, वा डिस्क स्लिप भएको बेला, रजस्वला भएको बेला आदि । 
कम्मरको लागि लाभदायक आसनहरु 
भुजङ्गासन
पवनमूक्तासन
धनुवासन
अर्धहलासन
नौकासन आदि, 

 

४. काइरोप्राक्टिक: यो पश्चिमी मुलुकहरुमा ज्यादै लोकप्रिय वैकल्पिक उपचार पद्धति हो । यसमा ढाडको मालिस गरेर हाडहरुलाई मिलाएर उपचार गरिन्छ । कारण यो पद्धतिमा ढाडमा हाडहरुको स्थानमा अनमेलबाट शरीरमा रोगहरुको उत्पत्ति हुन्छ र समाधान नै ती ढाडका हाडहरुको स्थानमा मालिस गरेर मेलमा ल्याउनाले हुन्छ भन्ने सिद्धान्तमा आधारित छ । यो भरखरै दुखेको तथा दीर्घकालिन कम्मरको दुखाइलाई प्रभावकारी छ । तर अपरेशन गर्नुपर्ने र अन्य गम्भीर रोगबाट उत्पन्न कम्मरदुखाइलाई लाभदायी हुँदैन । 
 

५. आरोमाथेरापीः विभिन्न सुगन्धहरु सुँघाएर वा त्यसमा दुखाइ क मगर्ने, मानसिक तनाव निवारण गर्ने, थकावट दूर गर्ने र शारीरिक तथा मानसिक आराम दिने यस वैकल्पिक उपचार पद्धतिलार्य आरोमाथेरापी भनिन्छ । यसमा सुगन्धहरु प्राकृति तेलबाट लिइएको हुन्छ । कृत्रिम सुगन्ध अथवा कृत्रिम तेलबाट प्राप्त सुगन्धले चाहीँ यसरी काम गर्दैन । पुरानो कम्मरदुखाइमा प्रायः प्रयोग हुने १. लामेन्दर २. मार्जोराम ३. रोजमारी ४. ल्केरीसेज आदि हुन् । 
 

भरखरको दुखाइमाः मिर्च, अदुवा र बिर्च आदि प्रयोग गरिन्छ । 
 

६. मसाजथेरापीः त्यसै दुखिराखेको कम्मरमा मालिस गर्दा मांसपेशीहरु खुकुलो भएर दुखाइ कम हुन जान्छ । १०–१५ मिनेटको हल्का मालिस राम्रै हुन्छ । 
 

Last modified on 2016-11-23 16:59:40

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. नमस्कार डाक्टर साहेब ! मेरो ढाडमा नशा च्यापेर खुट्टासम्म दुख्छ। १ महिना फिजियोथेरापी नि गरे दुखाइमा केही फरक पाएन बिहान ठिक हुने तर दिउँसो दुखाइ बढ्छ ज्वोरो आउने जस्तै हुन्छ, पिसाब फेर्ने बेलामा नि निकै असह्य पीडा हुन्छ, ढाडमा सर्जरी गर्यो भने १०० मा १०% मात्रै सफल भएको भन्ने सुन्छु, के म पहिलाको अवस्थामा पुग्न मेरो समस्या सर्जरीबाट नै समाधान गर्नुपर्ने होलान् त? कृपया बताएदिनुहोला।धन्यवाद ।

  2. श्रीधर on Thu, Feb 09 2017 12:27 AM

    म बिगत 2बर्ष देखि कम्मरको बिरामी छु ।म बिदेशमा काम गर्छु हाम्रो काममा २०८लिटर सम्मका ड्रम हरु र 70किलो सम्मका बेटारी हरू गाडिमा लोड गर्नु पर्छ ।लोड गर्ने हामी ४जना मात्र साथीहरू छौ ।मेरो कम्मर एकदमै दुख्छ ।भिित्री भााग मा साथीहरू भन्छन लोड बढी भएर हो साथीहरुलाइ यो समस्या छैन।म दुई वटा हस्पिटल पनि गए चेेक अफ गराउन तर एक्सरे भििडियो एक्सरे बाट पनि केही पत्ता लागेन म हर महिना सुइ लगाउन जान्थे सुइ लगाए पछि एक महिना आराम हुन्थ्यो त्येसपछि फेेरी दुख्न सुरू ।।डाक्टर को सल्लाहा अनुसार पलाइबोडमा पनि म सुते एक बर्ष तर केही लागेन ।।साथीहरू भन्छन यस्तो दुखाइबाट मृृगौला बिग्रने सम्भाबना हुन्छ भनेर म एकदमै चिन्तित छु ।यसको रोकथाम पाए म आभाारी हुने थिए।।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts