भेटियो डेङ्गु फैलाउने लामखुट्टे



Download our app to get more features

चितवन, मंसिर ८ । पछिल्लो समय डेङ्गु संक्रमण देखिएको चितवनमा ‘एडिस एल्बेपिक्टस’ नामको लामखुट्टे भेटिएको छ । यो लामखुट्टे डेङ्गु संक्रमण गर्ने एक प्रजाति हो । यसअघि चितवनमा लामखुट्टेले डेङ्गु सारेको थियो ।

लामखुट्टे सार्ने नयाँ लामखुट्टे पनि चितवनमा भेटियो, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टोल कन्ट्रोल अधिकृत राम केसीले भने, पहिला चितवनमा एडिस एजेप्टाई नामक लामखुट्टेले डेङ्गु  फैलाई रहेको थियो तर अहिले ‘एडिस एल्बोपिक्टस’ पनि डेङ्गु सार्नमा सक्रिय भएको पाइयो ।

चितवनको पटिहानी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टेको अवस्था अध्ययन भएको थियो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले गरेको अध्ययनमा ‘एडिस एल्बोपिक्टस’ नामको लामखुट्टे, यसको लार्भा तथा प्युपा फेला परेको हो । केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तका अनुसार चितवनमा अहिले एडिस एल्बोपिक्टस नामको लामखुट्टेबाट डेङ्गु सर्दै आएको छ ।

चितवनको पश्चिमी क्षेत्रमा पर्ने पटिहानीमा कात्तिक ३० देखि मंसिर २ गतेसम्म लामखुट्टेको अध्ययन भएको थियो । यसको अध्ययन प्रतिवेदन भने सोमबार मात्रै सार्वजनिक भएको हो ।

फिल्डबाट लामखुट्टेका लार्भा र प्युपा संकलन गरी हेटौँडा प्रयोगशालामा परीक्षण गर्दा, एडिस एल्बोपिक्टस जातको लामखुट्टे भटियो, पन्तले भने । पटिहानी क्षेत्रमा गत वैशाखमा डेङ्गुका कारण  एक जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय चितवनमा डेङ्गुको संक्रमण देखिएको छ । पछिल्लो समय जिल्लामा डेङ्गुबाट एक जनाको मृत्यु भएको छ भने ६५३ जनामा संक्रमण भएको भेकट्रोल कन्ट्रोल अधिकृत केसीले जानकारी दिए । डेङ्गुका कारण पटिहानी सहित पूर्वी चितवनको रत्ननगर र पर्सा क्षेत्र बढी प्रभावित छ ।

लामखुट्टेको एकीकृत सर्भे गरी ‘लाईट’ ट्रापु विधिमार्फत लामखुट्टे संकलन गरिएको थियो । स्थलगत रुपमै भेटिएका लामखुट्टे र लार्भाहरुलाई सोही स्थानमै नष्ट गरिएको जनाईएको छ ।

( आजको गोरखापत्र दैनिकमा समाचार छ )
 

 

Last modified on 2017-07-31 16:25:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts