स्क्रब टाइफस संक्रमण दोब्बर



Download our app to get more features

धनगढी ,६ मंसिर । कैलालीमा स्क्रब टाइफसका बिरामी दोब्बरले बृृििद्ध िभएपछि स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् । गत वर्षको तुलनामा मृत्यु हुनेको संख्या पनि दोब्बर भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ५८ जनामा स्क्रब टाइफस देखिएको थियो । तर, यो वर्ष ४ महिनामै संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । फैलदो संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । 
यस वर्ष स्क्रब टाईफसबाट कैलालीमा ४ जनाले ज्यान गुमाएका छन् । गत वर्ष २ जनाको मृत्यु भएको तथ्याङ्क जनस्वास्थ्य कार्यालयसँग छ । कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले संक्रमण तीव्र रुपले फैलिदैँ गएको बताए ।
संक्रमित उपचारका लागि आउने क्रम बढ्दै गएको सेती अञ्चल अस्पताल धनगढीका मेडिकल ईन्चार्ज यशोदा ढकालले बताइन् । शंकाका आधारमा चेकजाँच गर्न आउनेमध्ये अधिकांशमा यो रोग देखिएको उनको भनाइ छ । ‘टोम्रविक्युलिट माइट’ परजीवीबाट सर्ने यो रोगको संक्रमण भयावह रुपमा फैलिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
(आजको कान्तिपुर दैनिकमा समाचार छ ) 

 

Last modified on 2016-11-21 10:11:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts