बेलबारी र सुन्दर दुलारीका दुई मेडिकलमा सिलबन्दी



Download our app to get more features

बेलबारी ६ मंसिर । स्वास्थ्य मन्त्रालयको मन्त्रालयस्तरीय अनुगमन टोलीले मोरङको बेलबारी र दुलारी नगरपालिका क्षेत्रको मेडिकलको अनुगमन गरेको छ । अनुगमनका क्रममा एकजनाको नाममा दर्ता गरेर अर्कैले सञ्चालन गरेको पाइएपछि बेलबारी–२स्थित बेतना मेडिकल हलमा सिलबन्दी गरिएको छ । टोलीले मेडिकलमा म्याद नाघेका औषधीसमेत फेला पारेको थियो ।

टोलीले सुन्दर दुलारीस्थित थाृठथाउँमा रहेको गोठगाउँ फार्मेसीमा फार्मेसीको मात्र इजाजत लिएर क्लिकिन नै सञ्चालन गरिएको पाइएपछि सिलबन्दी गरेको छ । टोलीले विरिाटनगरका औषधी पसल तथा क्लिनिकको गएको बुधबारदेखि नै अनुगमन सुरु गरेको थियो । अनुगमनमा जिल्लाभित्र नियमविपरीत सञ्चालनमा रहेका क्लिनिक तथा पसललाई कारबाही गरिएको जनाइएको छ ।

अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका औषधी पसलेहरु मेडिकल नै बन्द गरेर भागेको अनुगमन टोलीले जनाएको छ । सुनसरी मेडिकल हल, गौरव फार्मेसी बन्द गरेको पाइएको थियो भने भान्जा फार्मेसीले सञ्चालन अनुमतिपत्र नलिएको पाइएको थियो ।
(आजको नयाँ पत्रिका दैनिकमा समाचार छ)

 

Last modified on 2017-08-02 16:39:13

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts