भेरी अञ्चल अस्पतालमा सिकलसेल एनिमियाको रगत जाँच सुरु (भिडियो सहित)



Download our app to get more features

नेपालगन्ज, ५  मंसिर । नेपालगन्जको भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमियाका बिरामीहरुको रगतको हिमोग्लोबिन इलेक्ट्रोफोसिस  परिक्षण सेवा सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई मेसिन उपलब्ध गराएको डेड महिना पछि अस्पतालले मेसिन जडान गरी रगत परिक्षण सेवा उपलब्ध गराउन शुरु गरेको हो ।

पश्चिम नेपालकाथारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया भएनभएको यकिन गर्नका लागि रगतको हिमोग्लोबिन इलेक्ट्रोफोसिस   परिक्षण  गर्ने उपकरण सरकारी अस्पतालमा नहँुदा बिरामीले वर्षाैदेखि महंगो शुल्क तिर्न बाध्य थिए ।

स्वास्थ्य मन्त्रालयले करिब २९ लाख पर्ने मेसिन उपलब्ध गराए पछि अस्पतालमै रगत परिक्षण सेवा सुरु भएको हो । अस्पतालले निजी प्रयोगशालाले भन्दा आधा सस्तो शुल्कमा बिरामीको रगत परीक्षण सेवा संचालन गरेपछि बिरामी लाभान्वित भएका छन् । भेरी अञ्चल अस्पतालमा मात्र दैनिक एक जनानयाँ र सात आठ जना पुराना सिकलसेल एनिमियाका बिरामी फलोअपका लागि आउने गरेको अस्पतालका फिजिसियन डा. राजन पाण्डेले बताए ।

नेपाल सरकारले सिकलसेल एनिमिया रोग लागेको पुष्टी भएका बिरामीको स्वास्थ्य परीक्षण र औषधि उपचारका लागि प्रति व्यक्ति १ लाख रुपैया सम्म आर्थिक सहयोग गर्दै आएको छ ।

थारु समुदायको कुल जनसंख्याको करिब १० प्रतिशतमा सिकलसेल एनिमिया सम्बन्धी समस्या देखिए पनि सहज रुपमा उपचार सेवा सञ्चालन नहुदाँ हालसम्म नेपालगन्जको भेरी अञ्चल अस्पतालबाट २ सय ५० जना सिकलसेल एनिमियाका बिरामीहरुले निःशुल्क उपचार सेवा लिइरहेका छन् । 
 

Last modified on 2016-11-20 19:05:20

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts