हेलिकप्टरबाट सुत्केरीको उद्धार



Download our app to get more features

संखुवासभा, २५ चैत्र । जिल्ला स्वास्थ्य कार्यालयले शल्यक्रियाबाट सुत्केरी भएपछि स्वास्थ्यमा समस्या देखिएकी सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर बचाएको छ ।

खाँदबारी ६ माल्टाकी २५ वर्षीय रमा बिकको स्वास्थ्यमा समस्या आएपछि सरकारी खर्चमा उनलाई बचाइएको हो । सोमवार दिउँसो बिकले बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको वरिष्ठ जनस्वास्थ्य प्रमुख सागर प्रसाईले बताए । ‘हामीले सरकारी खर्चमा निजी हेलिकप्टर चार्टर गरेर उनलाई बचाउन सफल भयौं,’ उनले भने ।

स्वास्थ्यले उनलाई बचाउन ३ लाख ३५ हजारमा हेलिकप्टर चार्टर गरेको थियो । राजधानीस्थित प्रसूति गृहमा उपचारका लागि पठाएको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत जटिल अवस्थामा उपचारका लागि कोषबाट रकम खर्च गर्न मिल्ने प्रसाईले बताए ।

बिकलाई दिइएको एनेस्थेसियाले काम नगरेपछि राजधानी लगिएको हो । खराब मौसमका कारण नियमित हवाईसेवा अवरुद्ध भएपछि बाध्य भएर हेलिकप्टर चार्टर गरिएको थियो ।

प्रसूतिगृह थापाथलीमा उपचार गराइरहेकी बिकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रसाईले बताए ।  

–कान्तिपुर दैनिकबाट
 

Last modified on 2016-04-18 17:54:59

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts