जाजरकोटको झाडापखाला नियन्त्रण गर्न मानवअधिकार आयोगको आग्रह
काठमाडौं, २५ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोटको दसेरालगायतका गाविसमा देखिएको झाडापखालाले महामारीको रुप लिनुअघि नै उपचार र निराकरणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
झाडापखालाको समस्याबाट दसेरामा मात्र ४० भन्दा बढी बिरामी परेको र अधिकांश बिरामी एसएलसी दिंदै गरेका विद्यार्थी, केन्द्राध्यक्ष र निरीक्षक भएको भन्दै थप संक्रमण हुन नदिन विशेषज्ञता हासिल गरेका स्वास्थ्यकर्मीको टोली यथाशीघ्र प्रकोपस्थल खटाउन आयोगले भनेको छ ।
त्यस्तै, एसएलसी परीक्षा दिइरहेका विद्यार्थीको स्वास्थ्यप्रति विशेष ध्यान दिन पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
–कान्तिपुर दैनिकबाट
Last modified on 2016-04-18 17:55:45
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।