स्वास्थ्य संस्थामा ५ बजेसम्म सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाण्डौं, ४ मंसिर । सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा नदिए कारबाहि गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि ५ बजेसम्म सेवा दिए नदिएकोबारे कडाइका साथ अनुमगन गर्ने भएको छ ।

तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफू नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समयमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ ।

कात्तिक १५ देखि माघ १५ गतेसम्म भने बेलुकी ४ बजेसम्म र अन्य दिन साँझ ५ बजेसम्म सेवा दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

Last modified on 2017-08-03 14:57:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts