तपाईको अनुहार कुरुप छ ? शल्यक्रियामार्फत राम्रो बनाउन सकिन्छ (भिडियोसहित)

अनुहारको हड्डी, नसा र मांसपेसीमा समस्याको सामान्य शल्यक्रियाबाट पूरानै अवस्थामा फर्काउन सकिने



Download our app to get more features

काठमाण्डौ, २४ चैत्र । कुनै दुर्घटनाका कारण तपाईको अनुहार कुरुप भएको त छैन । त्यसैगरी अनुहारमा जन्मजात कुनै दाग वा खतको कारणले सुन्दरतामा कमी भएको महसुस गर्नुभएको छ ? त्यसो हो भने ओरल म्याक्सिलोफेसियल सर्जरीको माध्यमबाट समस्याको समाधान गर्न सक्नु हुनेछ । 
सडक दुर्घटना वा अन्य कारणबाट मुख तथा अनुहारमा चोट लागेमा शल्यक्रिया गरेर दाग हटाउने, अनावश्यक दाँत हटाउने, नाक र आँखाको आकार मिलाउने, अनुहारको छालामा देखिएका बिमिरा र कोठी हटाउन सक्ने चिकित्सकहरु बताउँछन् । 
विगत लामो समयदेखि सडक दुर्घटना, अनुहारमा विभिन्न चोटपटक लागेपछि देखिने दागहरु र दाँत तथा मुखभित्रका समस्याको शल्यक्रियामार्फत उपचार हुँदै आएको छ । किरा लागेर हुने समस्या लगायत दाँत र गिजाको समस्यको शल्यक्रिया द्वारा उपचार गर्न सकिने कान्तिपुर डेन्टल हस्पिटलका  मुख तथा अनुहार शल्यचिकित्सक डा. विकास देसारको भनाई छ ।


प्राकृतिक रुपमा आएका समस्या र विभिन्न कारणले अनुहार र मुखमा भएका समस्या शल्यक्रियाको माध्यमबाट हटाउन सकिने डा. देसार बताउँछन् । अनुहारको हड्डी, नसा र मांसपेसीमा समस्याको सामान्य शल्यक्रियाबाट पूरानै अवस्थामा फर्काउन सकिने चिकित्सकहरुको भनाई छ । पाचन प्रणालीमा सक्रिय रहने दाँत, मुख र गिजा तथा अनुहारमा देखिएका समस्याको सल्यक्रियामार्फत उपचार गन सकिने प्रविधि नेपालमा भित्रिएको लामो समय भैसकेको छ ।  

Last modified on 2016-04-07 07:28:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. प्रकाश हमालon Mon, Apr 09 2018 04:31 PM

    Its a Good work for who wanted to their Good physical apperarance..


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts