तेश्रो डायवेटिक रेटिनोप्याथी तथा विश्व मधुमेह दिवस मनाइयो



Download our app to get more features

काठमाण्डौं, २९ कात्तिक । ‘मधुमेहमा आँखा’ भन्ने नाराका साथ तिलगंगा आँखा अस्पतालले एक साता लामो सचेतना सप्ताह सम्पन्न गरेको छ ।

अस्पतालले गत कात्तिक २३ गतेबाट मधुमेहको आँखामा असर सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम, लेजर उपचारमा विशेष सहुलियत तथा जनचेतनामुलक र्याली गरेर साप्ताहिक कार्यक्रम सम्पन्न गरेको हो ।

समापन कायैक्रममा बोल्दै नेपाल मधुमेह संघका प्रा.डा. मधुरदेब भट्टराईले नेपालमा करिब ९ लाख भन्दा बढि मानिसहरुमा मधुमेह भएको र प्रत्येक १० सेकेण्डमा एक जना व्यक्तिमा यो रोग देखापर्ने गरेको बताए ।

तिलगंगा आँखा अस्पतालकी रेटिना विशेषज्ञ डा. रबा थापाले मधुमेहका विरामीकोे आँखामा हुने असरको कुनैपनि लक्षण नदेखिने बताइन् । उनका अनुसार डायबेटिक रेटिनोप्याथी अथवा मधुमेहको आँखामा असर लामो समयसम्म रगतमा चिनी अर्थात ग्लूकोजको मात्रा अत्याधिक बढेर रेटिनाका मसिना रक्तकोषिकामा क्षति पुग्दछ । समयमै आँखाको उपचार र मधुमेह नियन्त्रण नगरे आँखाको दृष्टिमा क्षति पुग्न गई दृष्टिविहिनसम्म हुने गर्दछ ।

अन्तराष्ट्रिय मधुमेह महासंघका अनुसार सन् २०१५ सम्ममा ४१ करोड २० लाख मानिसमा मधुमेह रहेको यो तथ्याङ्क सन् २०४० सम्ममा ६४ करोड २० लाख पुग्ने तथ्यांक सार्वजनिक गरेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले मधुमेहलाई ‘विश्वको नयाँ महामारी’ का रूपमा उल्लेख गरेको छ । संगठनले तथ्यांक सार्वजनिक गदैं विश्वभरका ३८ करोड २० लाख मानिस मधुमेहबाट पीडित रहेको बताएको छ । डब्लुएचओले यो संख्या सन् २०३५ सम्म ५५ प्रतिशतले वृद्धि भएर ५९ करोड २० लाख पुग्ने अनुमान गरेको छ ।

कायक्रममा डा. रिता गुरुङ्ग, प्रा.डा. सुधा खकुराल, डा. मन्जु रत्न शाक्य, डा. गोबिन्द पौडेल लगायतले मधुमेह रोगवबारे बोलेका थिए ।

मधुमेह रोगको रोकथामको प्रचार तीव्र पार्ने उद्देश्यका साथ सन् १९९१ देखि डब्लुएचओ र विश्व मधुमेह महासंघले नोभेम्बर १४ का दिनलाई अन्तराष्ट्रिय मधुमेह दिवसका रुपमा मनाउंदै आइरहेको छ ।

Last modified on 2016-11-14 12:52:03

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts