नशा च्यापिएको र प्यारालाइसिसको प्राकृतिक उपचार अब विराटनगरमा पनि...

ऐडभटोरियल



Download our app to get more features

काठमाण्डौं, २८ कात्तिक । नशा च्यापिएर थला परेका जोगबनीका ५५ वर्षे सुन्दर साह हसिँलो मुहारमा भेटिए । लामो समयसम्म नशा च्यापिएर हिँड्डुल गर्न समेत नसक्ने साह एकहप्ताको फिजियोथेरापी पछि हिड्न सक्ने भएका छन् । 

कालिमाटीमा रहेको स्पार्क हेल्थ होमले विराटनगरमा आफ्नो शाखा विस्तार गरेपछि त्यहाँ उपचार गर्न पाउँदा शाहको खुसीको सीमा नै थिएन । ‘चिकित्सकले शल्यक्रिया गर्नु पर्छ भनेका थिए’ उनले भने ‘पैसा नहुँदा गर्न सकिएन, फिजियोथेरापीको लागि काठमाण्डौ जाने तयारी गरेको थिए यहाँ नै सेवा पाए ।’

दुई वर्ष अघि स्पार्क हेल्थ होम काठमाण्डौंमा नै आफन्तको उपचार गराएका धनकुटा हिलेका ५२ वर्षिय भक्तमान राई आफै प्यारालाइसिसका शिकार बन्न पुगे । उनलाई राम्रोसँग थाहा थियो प्राकृतिक उपचार पद्दतीबाट यसको समाधान हुन्छ भन्ने । त्यसैले उनी प्यारालाइसिसको उपचारका लागि स्पार्क हेल्थ होम जानका लागि हिँडे । धरान आइपुग्दा उनले स्पार्क हेल्थ होमको शाखा विराटनगरमै रहेको थाहा पाए र विराटनगर पुगे । प्यारालाइसिसका कारण राईको दाहिने तर्फको शरीर चल्न नै छाडेको थियो । उपचार पछि उनि कसैको सहारा बिना हिड्न सक्ने भएका छन् ।

शाह र राई उदाहरण पात्र मात्र हुन । उनी जस्ता समस्या बोकर बसेका बिरामीले विराटनगरमै प्राकृतिक उपचार पद्दती लिन पाउँदा खुशी व्यक्त गरका छन् । 

स्पार्क हेल्थ होमले विराटनगरमा १० महिना अघि १५ शैयाको प्राकृतिक अस्पताल सञ्चालनमा ल्याएको छ । प्राकृतिक चिकित्सा पद्धतीमा एक दशकदेखि सेवा दिँदै आएको नेपालको पहिलो तथा ठूलो प्राकृतिक चिकित्सालय स्पार्क हेल्थ होमले विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा विराटनगरमा पनि आफ्नो सेवा विस्तार गरेको हो । 

सेवा विस्तारसँगै विराटनगर आसपासका बिरामीलाई राहत पुगेको छ । विराटनगरमा प्राकृतिक उपचार पद्धती नहुँदा बिरामी काठमाण्डौं वा भारत जानु पर्र्ने बाध्यता थियो । विराटनगर आसपासका बिरामी तथा पूर्वाञ्चलका विरामीलाई सेवा दिने उद्देश्यले सेवा विस्तार गरेको स्पार्क  नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले बताए । उनका अनुसार बिराटनगरमा सप्तरी, सुनसरी, मोरङ्ग, धनकुटा, झापा, इलाम लगायतका जिल्लाबाट उपचारका लागि आउने गरेका छन् । .

उपचारका लागि नेपाल लगायत भारतको कटिहार, फार्विसगञ्ज, जोगबनी वोर्डर क्षेत्रबाट बिरामी उपचारका लागि आउने गरेको अध्यक्ष अधिकारीले बताए ।

विराटनगरमा शाखा विस्तारसँगै यस क्षेत्रका बिरामीहरु लाभान्वित भएको र बिरामीको सुविधाका लागि अझै व्यवस्थित गर्दै थप सुविधाहरु थप्दै जाने विराटनगर १४ पान्चाली मोडमा रहेको स्पार्क  नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले जनाएको छ ।  

Last modified on 2016-11-13 17:03:17

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts