स्लाइन र अक्सिजन लिँदै परीक्षा



Download our app to get more features

वीरगन्ज, २४ चैत्र । पर्साको निर्मलबस्ती स्थित नेपाल राष्ट्रिय उच्चमावि केन्द्रमा एसएलसी दिइरहेका विद्यार्थी बिरामी पर्न थालेका छन् ।

मंगलवार सामाजिक विषयको परीक्षा दिने क्रममा ६ जना बिरामी भए । परीक्षा सुरु भएको  एक घण्टा बित्न नपाउँदै नेपाल राष्ट्रिय मावि ओडारकी सन्ध्या बस्नेत पेट दुख्यो भन्दै बाहिरिइन् ।

केहीबेरमा ठोरी गौतम नगरकी कान्छी थापा मगर शरीर काँम्यो, हात खुट्टा गल्यो भनेर चिच्याउन थालिन् । परीक्षा केन्द्रमा चिकित्सकसहितको टोलीले दुवैलाई चौतारामा ल्याएर उपचार सुरु ग¥यो । गाह्रो भएकाले सन्ध्याको नाकमा अक्सिजनको नली जडान गरी कृत्रिम श्वास दिइयो । मगरको रक्तचाप कम भएकाले स्लाइन चढाइयो । केहीबेरमा लेख्न सक्ने भएपछि दुवैले चौतारामा स्लाइन र अक्सिजन लिँदै परीक्षा दिए ।

परीक्षा सकिएपछि सन्ध्याको स्वास्थ्यमा सुधार देखिएन, एम्बुलेन्समा राखेर थप उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल ल्याइएको छ । उक्त केन्द्रमा सोमवार सात जना बिरामी परेपछि जिल्ला शिक्षा आधिकारी रामविनयकुमार सिंह मंगलवार बिहान चिकित्सक र जनस्वास्थ्य अधिकृतसहितको टोली लिएर पुगेका थिए ।

टोलीमा सहभागी डा. जावेद अख्तरले बिहान खाली पेटमा परीक्षा दिन आएका विद्यार्थीको ग्यासका कारण पेट दुख्ने समस्या देखिएको बताए । विद्यार्थीमा मनोवैज्ञानिक त्रास देखिएकाले परीक्षा अवधिभर चिकित्सक टोली केन्द्रमा पठाइने जनस्वास्थ्य अधिकृत अमलेश्वर मिश्रले जानकारी दिए ।

–कान्तिपुर दैनिकबाट
 

Last modified on 2016-04-18 17:56:07

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts