नक्कली प्रमाणपत्रधारी १७ जनाको चिकित्सक दर्ता निलम्बन
चिकित्सकीय प्रकृया, परामर्श, उपचारमा सहभागी हुन नपाउने

काठमाण्डौं,२३ चैत्र । नेपाल मेडिकल काउन्सिलले नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका १७ जना चिकित्सकको दर्ता निलम्बन गरेको छ ।
काउन्सिलले उनीहरु विरुद्ध अदालतमा रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्मको लागि दर्ता निलम्वन गरेको हो । यस्तै अदालतमा विचाराधिन मुद्दाको अन्तिम किनारा नलागेसम्म काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णय समेत गरिएको छ ।
दर्ता निलम्बन गरिएकाहरु चिकित्सकीय प्रकृया, परामर्श, उपचारमा सहभागी हुन नपाउने उल्लेख गर्दे काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन् ‘यदि उहाँहरु उपचार प्रकृयामा संलग्न हुनुहुन्छ भने बिना उपाधी चिकित्सकीय परामर्श, सेवा दिनेहरु जतिकै सजाय पाइने छ । यस अन्तर्गत तीन हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय छ ।’
अझ दर्ता निलम्वन रहेका व्यक्तिको उपचार प्रकृयावाट कसैको मृत्यु भए निजलाइ ज्यान मुद्दा समेत चल्ने डा.अधिकारी बताउछन ।
दर्ता निलम्वन भएका चिकित्सकहरु विष्णुपुर–५ सिरहाका विनिता यादव, चुनिखेल–१ थानकोटका सुजितकुमार श्रेष्ठ , राजविराज–९, सप्तरीका राजेन्द्रप्रसाद दास, विर्तामोड–३ झापाका रामबाबु गिरी, बैरवा–२ सप्तरीका तुलसीकुमार महतो, जनकपुर १४ धनुषाका भगवान केवट मल्लाह, हतिर्सवा ५ महोत्तरीका सन्तोषकुमार यादव, सतोसार ६ धनुषाका शैलेन्द्रकुमार महतो, औरही ६ महोत्तरीका श्यामवावु साह, कल्याणपुर ३ सप्तरीका मो.कमरुल हक, जनकपुर १ धनुषाका कल्याण विश्वास, इटहरी १ सुनसरीका पशुपतिकुमार चौधरी, लोहना १ धनुषाका मो.अहमद सिद्घिकी, तौलिहवा ५ कपिलवस्तुका अफजल हुसैन, मत्सरी ५ रौतहटका राजीवकुमार झा, कलैया ४ वाराका पृथ्वीनारायण यादव, जनकपुर ९ धनुषाका प्रदीपकुमार गुप्ता छन् ।
मंगलवार कान्तिपुरमा अतुल मिश्रले लेखेको समाचार छ
Reporter
View Other Stories by Author >>