घुँडा दुखाईमा डा. गैह्रेका सुझावहरु



Download our app to get more features

घुँडा दुखेको समयमा यसलाई कसैले पनि हेल चेक्रराई गर्नु हुदैन । हामीले घरमै बसेर केही सामान्य अभ्यास गरेमा पनि यसलाई समयमै निको पार्न सकिन्छ । 

 

कसरी गर्ने  त घरमै अभ्यास ?

१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः– जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदि ।
२) टुक्रुक्क अथवा पलेटी मारेर नबस्ने ।
३) मनतातो तोरीको तेलमा ३–४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान  र बेलुकी हलुका मसाज गर्ने ।
४) तौल घटाउने वा नियन्त्रण गर्ने ।
५) तातो पानीको (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने चाहि बरफ (Ice) ले २–३  मिनेट सम्म हलुका मसाज गर्ने ।
६) भर्याङ्ग वा सिंढी धेरै पल्ट तल माथि नगर्ने ।
७) घुँडालाई टेवा दिन (Knee support)  को प्रयोग गर्ने ।

यसको साथसाथै शारीरिक अभ्यास पनि गर्न सकिन्छ । 
१) भित्तामा अडेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – एक देखि १० सम्म १० पटक गर्ने ।
२)घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।
३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।
४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – एक देखि १० सम्म १० पटक गर्ने ।
५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – एक देखि १० सम्म १० पटक गर्ने ।
६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल  बराबरी ठेल्ने ।

डा. गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन 

Last modified on 2016-11-06 17:44:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts