डेंगुले विद्यालय बन्द



Download our app to get more features

चितवन, १० कार्तिक ।  डेंगु संक्रमण नियन्त्रणमा नआएपछि चितवन जिल्लाका रत्न नगरपालिका र कालिका नगरपालिकाका अधिकांश निजी तथा सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी ज्वरोले सिकिस्त भएर आउन नसकेपछि त्यस क्षेत्रका विद्यालयले सहमतिमै पढाई रोकेका हुन् । रत्ननगर नगरपालिका क्षेत्रमा डेंगुका बिरामी बढी भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रत्ननगरमा मात्र ८० प्रतिशतधन्दा बढि संक्रमित छन् । टाँडी क्षेत्रमा डेंगु जोखिम बढी छ,खोले सिमलस्थित सिद्धिविनायक सेकेन्डरी स्कुलका प्रअ विष्णु लामिछानेले भने,'विद्यालय आउने विद्यार्थी संख्या घट्दो छ ,त्यसैले सवैको सल्लाहमा सोमवारबाट शुक्रवार समम विद्यालय बन्द गराएका हौ ।' उनका अनुशार अव तिहार पछि मात्र विद्यालय खुल्नेछ । ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसमम देशभर ४ सय ५१ जना डेंगु संक्रमित भेटिएका छन् ।सवैभन्दा बढि चितवनमा ३ सय ६७ जना फेला परेका छन् । आजको कान्तिपुरमा दैनिकमा खवर छ ।

Last modified on 2017-08-10 17:42:33

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts