पेटमा अड्किएको सिक्का निकाल्दा बालिकाको अवस्था गम्भीर



Download our app to get more features

काठमाडौं,९ कार्तिक । पेटमा सिक्का अड्किएर अस्पताल भर्ना भएकी ८ वर्षीया बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ । टोखाकी ८ वर्षीया बालिका प्रियन्सु न्यौपानेले गत असोज ९ गते खेल्ने क्रममा दुई रुपैयाँको सिक्का निलेकी थिइन् ।

बालिकाले सिक्का निलेको थाहा पाएपछि उनलाई तत्काल महाराजगञ्जस्थित शिक्षण  अस्पताल भर्ना गरिएको थियो । उक्त सिक्का पेटको वीचभागमा पुगिसकेकाले चिकित्सकहरुले तुरुन्त अप्रेसन गरी निकाल्नु पर्ने बताएका थिए ।

अप्रेसनका लागि बालिकालाई अप्रेशन थिएटरमा लगिएपनि पम्प गर्दा सिक्का तल झरेको भन्दै चिकित्सकहरुले अप्रेशन गर्न नसकिने बताए । तत्काल  एक्स रे जाँच गर्दा सिक्का उही स्थानमै रहेको देखिएपछि पुनः अर्को दिन अप्रेसनका लागि अप्रेशन थिएटरमा लगियो ।

यद्यपी अप्रेशन बालिकाको लागि थप जोखिमपूर्ण हुने भन्दै अप्रेशन नगरी मुखबाट सिक्का निकालिएको थियो । बालिकाले निलेको सिक्का चिकित्सकहरुले उनका अभिभावकहरुलाई देखाए पनि । पेटमा सिक्का निस्किएको थाहा पाएपछि अभिभावकहरुले आपसमा खुसी साटासाट पनि गरे ।

तर उनीहरुको खुसी केही बेर पनि टिक्न सकेन । सिक्का निकालेपछि होसमा आएकी बालिका रुन कराउन थालेकी थिइन् ।  सिक्का निकालेपछी ठिक हुनुपर्ने बिरामीको अवस्था एकाएक गम्भिर भयो । चिकित्सकहरुले सिक्का निकालेपछि पनि उनको पेट दुख्न सक्ने बताएका थिए ।

नभन्दै बालिकाले पेट दुख्यो भन्दै चिच्याउन थालिन् ।  मुखबाट सिक्का निकाल्दा आन्द्रामा घाउ भएकाले र फोक्सोमा इन्फेक्सन देखिएकाले  बालिकाको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । बालिकाको शिक्षण अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

सिक्का निकाल्दा आन्द्रामा लागेको घाउ निको भइसकेकाले आन्द्रामा पाइप हाल्नु नपरेको उपचारमा संलग्न  चिकित्सक रञ्जन सापकोटाले बताए । बालिका अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

सिक्का निकाल्दा हालसम्म झण्डै ५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको बालिकाका अभिभावकहरुले बताएका छन् । उपचारका क्रममा धेरैनै रकम खर्च भइसकेकाले उनको थप उपचारको लागि आर्थिक अभाव हुन थालेकाले आर्थिक सहयोगका लागि न्यौपनेका अभिभावकहरुले आग्रह गरेका छन् ।

बालिकाको उपचारका लागि विभन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट करिब २ लाख रुपैयाँ सहयोग जुटेको पनि उनीहरुले बताएका छन् । 

    
 

Last modified on 2016-10-26 07:20:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts