सन्नी लियोनको रगतमा संक्रमण देखियो

What's This?


Download our app to get more features

बलिउड नायिका सन्नी लियोनका रगतमा संक्रमण देखिएकाले अहिले उनलाई डाक्टरले शाकाहारी खाना खाने सुझाव दिएका छन् ।

त्यसैगरी जाँडरक्सी, दूधजन्य उत्पादनहरु र धेरै मसलादार खानेकुराबाट पानि उनलाई टाढै बस्न डाक्टरहरुले सुझाएको विषयलाई उनले ट्विटरमा उल्लेख गरेकी छन् । आफ्नो स्वास्थ्यस्थितीबारे खुलाउँदै उनले भेनकी छन् यतिबेला मेरो स्वास्थ्य ठीक छैन ।

मेरो रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्छ भनेका छन् । यही संक्रमणका कारण मेरो शरीरमा धेरै नै गर्मी बढिरहेको छ । त्यसैले म जे पायो त्यही खाँदिन । स्वादविहीन भए पनि विशेष प्रकारको चियामात्र पिउँछु ।

परम्परागत उपचार पद्धति अपनाइरहेका एक चिनियाँ डाक्टरले उनलाई आफ्नो दैनिकी परिवर्तन गर्न सुझाव दिएका छन् । सन्नी परम्परागत चिनियाँ उपचार विधिमा भरोशा गर्ने भएकीले उनी सधै यही पद्धतीअनुसार उपचार गराउने गर्छिन । 

 यतिबेला उनको चलचित्र 'बेइमान लभ' चले पनि बक्स अफिसमा भने सफलता पाउन सकेको छैन । एजेन्सीलाई उद्घृत गर्दै आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Last modified on 2017-08-13 12:53:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts