सञ्चालकले नै लगाए औषधि पसलमा ताला 

What's This?


Download our app to get more features

गोरखा, ५ कार्तिक । स्थानीय प्रशासनले गोरखाका चारवटा औषधि पसलमा विहीबार सिल लगाएको छ । गोरखा नगरपालिका ६ प्रतीक्षालयको दूर्गा आयुर्वेदिक पसल, गोनपा ९ छेपटारको अमन मेडिकल सेन्टर, छेपटारकै साकृति मेडिकल र पालुङटार नगरपालिका १० को प्याथोलोजी एन्ड मेडिकल हलमा सिल गरिएको हो ।

औषधि व्यवस्था विभागको पत्र अनुसार ती पसलमा सिल लगाएको जनाकारी सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दिए । गत असोज पहिलो साता विभागले गोरखाका औषधि पसल अनुगमन गरेको थियो ।

औषधि व्यवस्था विभागको गत असोज ६ गतेको निर्णय अनुसार पसल सिल गरी बन्द गराउने भनी गत असोज ९ गते जिल्ला प्रशासनमा पत्र आएको उनले बताए । प्रशासनले सिल गरेसँगै त्यसको विरोधमा औषधि पसल सञ्चालकले अर्को ताला लगाएका छन् ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । –फाइल फाेटाे

Last modified on 2017-08-13 13:02:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts