लागू औषध तस्करीको आरोपमा आर्या फर्मास्युटिकल्सका पाँच सञ्चालकविरुद्ध मुद्धा
काठमाडौं,४ कार्तिक । लागु औषध तस्करीको आरोपमा अर्या फर्मास्युटिकल्सका पाँच सञ्चालकविरुद्ध प्रहरीले बुधबार मुद्धा दायर गरेको छ । तर, सरकारी वकिलको कार्यालयले दाबाबका भरमा मुद्धालाई कमजोर बनाई दर्ता गरेको भन्दै प्रहरी असन्तुष्ट बनेको छ ।
रुघाको औषधि बनाउने भनेर युरोपबाट आयात गरिएको सहायक रसायन अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा व्यवसायी पवन संघाईसहित नौजना विरुद्ध मुद्धा दायर गरेको हो ।
पवनका दाई रतनलाल संघाई, मोहित हलान, शंकर हलान तथा कमल अग्रवालविरुद्ध मुद्धा दायर गरेको हो । रतनबाहेक अन्यलाई फरार अभियुक्त बनाई प्रहरीले मुद्धा दायर गरेको छ । रतन पक्राउ परेकै दिनदेखि हिरासत छल्न अस्पतालमा बस्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Last modified on 2017-08-13 13:29:09