विर्सेर पनि नखानुस यी पसलका मिठाई 

What's This?


Download our app to get more features

काठमाडौं,४ कार्तिक । काठमाडौं उपत्यकाका प्रख्यात मिठाई भण्डारको उत्पादन प्रक्रिया निकै फोहारी रहेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, प्रहरी र उपभोक्ताकर्मीसहितको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनमा यस्तो फेला परेको हो ।

अनुगमन टोलीले नक्साल भाटभाटेनीस्थित अनमोल स्विट्सको मिठाई (रसवरी दूधमलाई, लालमोहन) मा भुसुना, अन्य खानेकुरामा साङ्ला र भान्सामा फोहोर फेला परेको छ । उपोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको निष्कर्ष सहित उक्त मिठाई पसलमा सिलबन्दी गरिएको छ ।

भण्डारमा तयारी अवस्थामा  सजाएर राखिएका विभिन्न प्रकारका मिठाईमा भुसुना, झिँगा, र साङ्ला हिडिरहेको थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभगका खाद्य अनुसन्धान अधिकृत तथा सह प्रवक्ता मदन चापाईले भने उक्त भण्डारमा सिलबन्दी गरेका छौं ।

उनका अनुसार पसलमा पानीपुरी र पानीपुरी राखिएका वरीपरी पनि भुसुना र साङ्ला डुलिरहेको फेला परेको थियो । अनमोल स्विट्सका सञ्चालकलाई तीनदिनभित्र सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

यी हुन् कैफियत फेला परेका मिठाइपसलहरु
- अनमोल स्विट्स, नक्साल
- संगम स्विट्स, नयाँ बानेश्वर 
- आँगन ( श्री पशुपति फुड्स), न्यूरोड
- श्री गौतम स्विट्स, महाराजगञ्ज
- उपाध्याय स्विट्स, महाराजगञ्ज
- प्रिया स्विट एन्ड चाट हाउस, महाराजगञ्ज
- बाग्मती स्विट्स प्रालि, त्रिपुरेश्वर

आजको कान्तिपुर दैनिकमा समाचार छ । 

Last modified on 2017-08-13 13:35:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts