बहुगुणी काँक्रो !
एजेन्सी । संसारमा धेरै खेती हुने तरकारीमध्ये चौथो नम्बरमा पर्ने काँक्रो स्वास्थ्यको दृष्टिले अत्यन्तै लाभदायक मानिन्छ । काँक्रो पहिलो पटक अमेरिकामा उमारिएको थियो । अमेरिकनहरुले बर्गरमा सबैभन्दा बढी कांक्राको प्रयोग गर्ने गर्छन् । सरल र सहजै रुपमा पाइन सकिने बहुगुण भएको फलफुल मध्येको एक फल काँक्रोको कयौं फाइदा छन् । सागसब्जीमध्ये कांक्राको खेती धेरै स्थानमा हुन्छ । स्वास्थ्यका आधारमा पनि यो लाभदायक भोजन हो ।
कांक्रामा पाइने भिटामिन बीका कारण शरीरलाई तत्काल उर्जा दिन्छ । यसले डिहाइड्रेशनबाट बचाउँछ भने शरीरमा बन्ने खराव बिकारलाई शरीरबाट बाहिर जान सहयोग गर्छ । जसले शरीरमा पानीको कमी पूरा गर्नेछ । यदि पानी पाउन जाने समय छैन र नजिकै कांक्रा छ भने खानुस् ।
यसमा ९० प्रतिशत पानी पाइन्छ । दैनिक कांक्रा खानाले शरीरमा आवश्यक पर्ने पानी मात्र पुग्दैन, कब्जियतको समस्या पनि हटाउँछ । काँक्रा खानाले सामान्य व्यक्तिलाई दैनिक आवश्यक पर्ने भिटामिन सी पाइन्छ । यदि तपाईलाई कांक्रा खान मन लाग्दैन भनेर काटेर आँखामा बाहिरबाट लगाए हुन्छ । यसले आँखाको आसपास हुने कालो घेरा हटाउन मद्दत गर्छ ।
नियमित रुपमा कांक्रा सेवन गर्नेहरुलाई पथ्थरी हुने सम्भावना निकै कम हुन्छ ।