दसैंले ननिम्त्याओस् मुटुमा दशा



Download our app to get more features

काठमाण्डौं, २१ असोज । दसैंमा चिल्लो, अल्कोहल र धुमपान धेरैले प्रयोग गर्ने चलन छ । तर, मुटुका लागि सबैभन्दा ठूलो समस्या नै यी तीन चिज हुन् । 

यी तनी चिज एकैपटक धेरै हुँदा खतरा झनै बढी हुन्छ । दसैंले ननिम्त्याओस् मुटुमा दशा भन्दै डा. राजीवराज भण्डारीले यस्ता सुझाव दिएका छन् । 

चिल्लो : बढी चिल्लो र अस्वस्थकर खानाले कालेस्ट्रोल बढ्ने, मोटोपना बढ्ने, मधुमेहको सम्भावना हुन्छ । ती समस्याले मुटुको धमनीमा बोसो जम्ने र पछि बढ्दै गएर मुटुको धमनी शतप्रतिशत बन्द हुन्छ । गह्रौ भारी बोक्दा तत्कालै समस्या देखिन्छ भने यसलाई एल्जाइना भनिन्छ । हृदयघात र एल्जाइनाको समस्या भनेको पहिले कोलेस्ट्रोल जम्ने र पछि रगत जम्ने हुन्छ । यसका लागि पहिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ । चिल्लो र फ्राइ गरेका कुराहरु सकेसम्म नखाने गर्नु राम्रो मानिन्छ । मासुको परिकार धेरै तरिकाले तयार पार्न सकिन्छ । मासुको परिकार धेरै तरिकाले तयार पार्न सकिन्छ । अझ यस समयमा स्वस्थ रहन सागपात, फलफूल खान सकिन्छ । यसरी सागपात, फलफूलजन्य वस्तुको प्रयोग गर्दा मुटुको भल्ब बन्द हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । 

अल्कोहल : दसैंमा मासुसँगै अल्कोहलिक पदार्थ पनि खाने गर्छन् । त्यसो त मासु र अल्कोहल खाँदैमा हृदयघात हुन्छ भन्नेचाहिँ छैन । कति र कसरी मासु र अल्कोहलको प्रयोग गर्ने भन्ने मात्रै हो । ६०–६५ एमएललाई खासै अस्वस्थ रुपमा लिने गरिँदैन । यो सामान्य हो । तर, अत्याधिक मदिरापानले मुटुमा खराबी ल्याउँछ । अल्कोहलको प्रयोगले रक्तसञ्चारमा समस्या आउने र त्यसले हृदयघात हुन सक्छ । 

धुमपान : धुमपानका कारणले हृदयघात हुने सम्भावना बढी हुन्छ । दसैंमा नयाँ कामको सुरुवातका रुपमा धुमपान छाड्न सक्नुहुन्छ । धुमपान गरिरहेकाले छाड्दा पनि हृदयघातको सम्भावना कम हुँदै जान्छ । पछिल्लो समय युवा वर्गमा देखिएको हृदयघात धुमपान तथा मद्यपान नै हो । मुटुको धमनी हल्का ब्लक भएको छ र त्यस्तो व्यक्तिले धुमपान तथा मद्यपान गरेमा मुटुमा समस्या बढ्दै जान्छ । ४० प्रतिशत मानिसको मुटु अचानक ब्लक हुन सक्छ । यो नर्मल मानिसमा पनि हुने गर्छ । धुमपानको प्रयोग नै जटिल हो जसले जुनसुकै समस्या पनि हृदयघात निम्त्याउन सक्छ । 

समस्याका कारण

–अस्वस्थ खानपान र अनियमित जीवनशैली

–अनावश्यक रुपमा बढी चिन्ता

–उच्च रक्तचाप हुनु

–अत्याधिक धुमपान र मदिरापान गर्नु

–आवश्यकभन्दा बढी मोटाउनु

–शारीरिक व्यायाम नगर्नु

के खाने ? 

–स्वस्थकर खाना खाने

–बोसोरहित मासु मात्रै खाने

–बोसोबिनाको माछामासु खाने

–अल्कोहल खाए ६० एमएलभन्दा कम खाने

के नखाने ? 

–अस्वस्थकर खाना नखाने

–बढी चिल्लो खानेकुरा नखाने

–जेरी,पनिर आदि नखाने

–पोलेको, फ्राइ गरेको खानेकुरा नखाने

–एकपटक प्रयोग गरेको तेल पुनः प्रयोगमा नल्याउने

नयाँ पत्रिका दैनिकबाट

Last modified on 2017-08-18 14:38:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts