अकुत सम्पत्ति आर्जनमा डा. भक्तमानलाई मुद्धा

What's This?


Download our app to get more features

काठमाडौं, फाल्गुन २, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरेदेखि नै सार्वजनिक पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानुनी रूपबाट सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा श्रेष्ठले सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी रूपमा १ करोड ६७ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको उल्लेख छ । उक्त रकमलाई अख्तियारले बिगो कायम गरेको छ । अख्तियारले अभियोगपत्रमा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनबमोजिम जफत गर्न माग दाबीसमेत गरेको छ । 
भ्रष्टाचार निवारण ऐनबमोजिम श्रेष्ठलाई कैद सजाय, सम्पत्ति जफत र जरिवाना गर्नसमेत मागदाबी गरिएको छ । अख्तियारले मुद्दामा श्रेष्ठकी पत्नी शिलु श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ ।

अख्तियारले जिल्ला वन कार्यालय, जाजरकोटका सहायक वन अधिकृत लालबाबु झाविरुद्ध समेत आइतबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले जिल्लाबाट निकासी हुने वन पैदावरको छोडपुर्जी बनाउन, सामुदायिक वनको कार्ययोजना बनाउन र सिफारिस दिने क्रममा सेवाग्राहीसँग ४८ हजार रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले अभियोगपत्रमा उनलाई ४८ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवाना गर्न मागदाबी गरेको छ ।

कान्तिपुर दैनिकमा समाचार छ । 

Last modified on 2016-02-15 14:26:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts