'मासु पचाउने भन्दै जे पायी त्यही सेवन गर्नु भ्रममात्र हो'

What's This?


Download our app to get more features

काठमाडौ,२० असोज । दसैंमा कतिपय नेपाली मासु  टन्न खाने र पचाउन विभिन्न उपाय अपनाउने गर्छन् । मासु खाएको बेला अन्य केही चिज खाँदा सजिलै पच्ने धारणा आम नेपालीमा व्यपाप्त छ । तर अन्य कुनै खानाले मासु पचाउने क्षमता राख्न सकदैन भन्छन् चिकितसकहरु । मासु पचाउने व्यक्तिको पाचन क्षमताले नै हो त्यसैले अन्य खानामा जोड गरेर मासु कम खानु नै राम्रो भन्छन् चिकित्सक डाक्टर सविर खाँ ।

 - धेरै मासु खाएको बेला पचाउने भन्दै कतिपयले अल्कोहलिक पदार्थ पिउने गर्छन् । मदिरा तथा कोल्ड ड्रिंक्स पिउँदा मासु पच्छ भन्ने अधिकांशको बुझाई छ । तर यो भ्रम  हो, यसरी मासु पचाउने उपाय गर्नु गलत हुन्छ । यस्ता पदार्थले मासु पचाउने होइन ग्याँसको मात्रा केही कम गराएर सहज बनाएको मशसुस मात्रै हुने हो । मासुले स्वास्थ्यमा गर्ने असरलाई रोक्ने क्षमता पनि यसमा हुँदैन । त्यसैले  यस्तो भ्रम नराख्नु नै ठीक हुन्छ । 

- मुलालगायतका कतिपय भेज आइटम खाँदा पनि मासु पचाउँछ भन्ने भ्रम व्याप्त छ । कुनै यस्ताले मासु पचाउन सक्दैन । शरीरको डाइजेस्टिक पावर (पाचन क्षमता) अनसार मासु चाँडो   या ढिलो पच्ने कुरा हुन्छ । यसमा कुन व्यक्तिले कति मासु पचाउन सक्छ भन्ने विषय पनि व्यक्तिको डाइजेस्टिक पावरमै भर पर्छ । डाइजेस्टिक पावर बढी भएका व्यक्तिले धेरै मासु खाएर पनि छिटो छिटो पचाउन सक्छन् । 
कुनै भेज आइटमले मासु पचाउने क्षमता राख्ने होइन । बरु भेज आइटम पनि खाँदा मासु कम खाइन्छ र पच्न सजिलो हुन्छ । सब्जी र सलादहरु पहिलो खाएर मासु खाँदा कम खाइने भएकाले पाचनक्रिया सहज हुन्छ । 

- दसैं भनेर लगातार मासु खानु ठीक होइन । उमेरअनुसार मासुको मात्रा मिलाएर खानु राम्रो हुन्छ । १० वर्ष आसपासका व्यक्तिको डाइजेस्टिक पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै नखानु राम्रो हुन्छ । यस्तै ६० वर्ष उमेर पार गरेका व्यक्तिको डाइजेस्टिक सिष्टमनै खाराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले मासु नखानु नै राम्रो हुन्छ । १५ देखि ४० वर्ष उमेरका व्यक्तिले लिमिटमा आफ्नो् स्वास्थ्यको ख्याल गरेर मासु खानुपर्छ । 

- विहान र दिउँसो खाएको मासु पच्न सजिलो हुन्छ । किनभने यो समयमा कुनै न कुनै कसरत भइरहेको हुन्छ । तर मासु खाएर दिनभर सुत्ने र बसिरहने भने गर्नुहुँदैन । शारीरिक सक्रियता कायम राख्नुपर्छ रातिको समयमा भने मासु नखानु नै ठीक हुन्छ । बेलुका सामान्य सब्जी खाएर सुत्दा मासु पच्न सहज हुन्छ भने असर पनि कम गर्छ । 

- दसैंमा दिनदिनै मासु खाने कपितयको चलन हुन्छ । यस्तो काम नगर्नुनै बेस हुसन्छ । दिनदिनै लगातर मासु खाँदा असर बढी हुन्छ । मासु खाएको समयमा गेडागुडी नखानु नै ठीक हुन्छ किनभने दुवैमा प्रोटिनको मात्रा बढी हुन्छ । 

-मासु उमालेपछि मात्रै पकाएर खानु स्वास्थ्य र पाचनका हिसाबले फाइदा गर्छ । उमालेपछि चिल्लो र पिरो कम राखेर पकाएको मासु खाँदा पाचन क्रिया केही सहज हुन्छ । फ्याटको मात्रा नहुने भएकाले स्वास्थ्यमा असर पार्ने सम्भावना पनि कम हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा होमियो चिकित्सक डा. सविर खाँ ले बताएका छन् ।  

Last modified on 2017-08-14 15:07:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts