दसैंको मुखमा चितवनमा डेंगुको प्रकोप बढ्यो 

What's This?


Download our app to get more features

चितवन ,२० असोज ।  रत्ननगर नगरपालिका २ आदर्शटोलका प्रशान्त ढकाल ज्वरोले थलिए । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थालेपछि पनि बेलाबेला ज्वरो देखिने र शरीमा तागतन नै नभएको जस्तो हुन थाल्यो ।

त्यसपछि शंका लागेर उनी डेंगु परीक्षण गर्न पुगे । गाउँमा डेंगुको प्रकोप फैलिएकाले आफूलाई पनि त्यही रोग लागेको अशंका भएको उनले बताए । बकुलर अस्पतालमा आइतबार भेटिएका उनले भने 'गाउँभरि डेंगु र ज्वरोका विरामी छन्, मलाई पनि डेंगु  लागेको हो कि भनेर पुन परीक्षणमा आएको ।'

रत्ननगरकै लक्ष्मी सेन्च्युरीलाई एक सय पाँच डिग्री ज्वरो आएको छ उनी अस्पतालको शैयामा छिन् । उनको उपचारका लागि आफन्त आसमायाँ विक कुरुवा भएर बसेकी छिन् । लक्ष्मीको पनि डेंगुको आशंकामा रगत परीक्षण भइरहेको छ । 

'यो डेंगु गाउँभरी छ, गाउँका धेरै मान्छे अहिले विरामी भएर सुतिरहेका छन् आसमायाँले भनिन् सरकारले नियन्त्रणको प्रयास त गर्नुपर्यो'  गाउँभरी ज्वरो फैलिएपछि रत्ननगर टोल विकास संस्था सामन्वय समितिका सचिव प्रताप डल्लाकोटी र शिक्षक गोपीलाल श्रेष्ठले बजार अध्ययन गरेका छन् ।

हरेक मेडिकल अस्पतालमा विरामीको उत्तिकै चाप रहेको र आएका जति ज्वरोका विरामी रहेको उनीहरुले बताए । राससलाई उद्घृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

Last modified on 2017-08-14 15:09:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts