केसीको स्वास्थ्य जटिल बन्दै
भेन्टिलेटर र डिसिसक मेसिन तयारी अवस्थामा
काठमाण्डौं, १८ असोज । आमरण अनशनको आठौं दिन डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएपछि उनीसँगैको कोठामा भेन्टिलेटर र डिसिसक मेसिन तयारी अवस्थामा राखिएको छ ।
केसीको मुटुको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमलाई दृष्टिगत गरी यस्तो तयारी गरिएको त्रिवि शिक्षण अस्पताल आईसीयूका क्लिनिकल कोअर्डिनेटर डा. सुवास आचार्यले बताए ।
मुटुको चाल गडबड भएर मुटुले काम गर्न छोड्यो भने डिसिसक मेसिनद्वारा झटका दिएर मुटु चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा श्वासप्रश्वास गराउने आईसीयूको अत्यावश्यक यन्त्र हो । रगतमा अक्सिजको स्तर ९० भन्दा माथि हुनुपर्नेमा डा. केसीमा ७० सम्म झरेको देखिएको छ । सातौं अनशनताका देखिएको मुटुको समस्या(भेन्ट्रिकुलर टै«किकार्डिया) लाई प्रबन्धन गर्नु हालको चुनौती भएको छ ।
लामो समयसम्म उक्त समस्या देखिए मुटुले काम गर्न छोड्न सक्ने स्थिति(कार्डियाक एरेस्ट) समेत देखिन सक्छ । केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसावमा एसिटोन देखिइसकेको छ ।
उनलाई मांशपेशी र छाती दुख्ने समस्यासमेत देखिएको छ । छातीको दुखाइ धेरै भएपनि शुक्रवारदेखि नै उनलाई अक्सिजन दिन थालिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।