खाना पचाउन पुदिनाको अचार



Download our app to get more features

काठमाण्डौं, १७ असोज । दसैंमा खानाका परिकार धेरै पाक्ने हुनाले सेवन पनि धेरै नै गरिन्छ । 

जसका कारण खाना अपचको समस्या पनि हुन सक्छ । खाना अपच हुने समस्याबाट जोगिन पुदिनाको अचार सेवन गर्नु धेरै नै राम्रो हुन्छ । पुदिनालाई अचारको रुपमा भान्सामा प्रयोग गर्ने मात्र होइन, औषधिको रुपमा पनि प्रयोग हुन्छ । यसलाई जसरी प्रयोग गरे पनि खाना पचाउन या रुचाउन मद्दत गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा यो जडीबुटी पाइन्छ ।

आयुर्वेदमा यसलाई तुलसी वर्गमा राखिन्छ । यसको वैज्ञानिक नाम मोनछा स्पाइसिटा हो भने बोटचाहिं छुपा जातिमा गनिन्छ । यसलाई एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक पटक पात टिपेर प्रयोग गर्न सकिन्छ । यसको पात नै धेरै प्रयोग गर्ने गरिन्छ । 

रसायनिक संगठन

पुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ । यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ । 

स्वाद : हल्का पिरोपिरो, टर्रो

यसलाई आयुर्वेदले उष्ण विधिमा पाइने जडीबुटीमा लिन्छ । त्यसैले कफबाट हुने एलर्जीलाई हटाउन यसको प्रयोग गरिन्छ । त्यसैगरी, यसमा परपर्याउने गुण भएकाले दुखाइ कम गर्न पनि उपयोगी मानिन्छ । मुख तथा शरीरमा दुर्गन्ध आएको छ भने यसको कोरस(झोल बनाएर) छर्कदा त्यो गन्ध हटेर जान्छ । साथै, यसले अन्नबालीमा एन्टिसैफ्टीको पनि काम गर्छ । जसलाई अन्नबाली राखेको ठाँउमा छर्कदा घुन, पुत्ला लाग्दैन् । 

प्रमुख काम

यसले रोचन पाचन( खाना रुचिकर बनाउने)को काम गर्दछ भने दीपन पाचन(पाचन गर्नका लागि चाहिने ताप) उत्पन्न गराई पचाउन पनि सहज बनाइदिन्छ । कसैकसैलाई खाना खानासाथ वाकवाकी लाग्ने समस्या छ भने यो सेवन गर्दा त्यस्तो समस्या हटेर जान्छ । 

प्रयोग

आयुर्वेदिक उत्पादनमा पुदिनाको पातमा रहेको तेल प्रयोग गरी स्वादिस्ट बनाइएको हून्छ । यसको रसलाई निचोरेर सीधै प्रयोग गर्न सकिन्छ । पुदिनालाई पकाएर वा नपकाई निचोरेर प्रयोग गर्न सकिन्छ । यस्तो रस पेट दुखाइको समस्या हुँदा सेवन गर्नु राम्रो हुन्छ । यो अचार र औषधि दुवै रुपमा प्रयोग गरिने हुँदा यति नै खाने भन्ने हुँदैन । आवश्यकता र उपलब्धताअनुसार प्रयोग गर्न सकिन्छ । 

–नयाँ पत्रिका दैनिकबाट

Last modified on 2017-08-14 15:33:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts