जाजरकोटवासीको सेवामा हेगन–पुत्री क्याट्रिन



Download our app to get more features

जाजरकोट, २१ चैत्र । विकटको जाजरकोट अस्पतालमा विदेशी डाक्टरहरू निकै व्यस्त देखिन्छन् । बिरामीको भीड उस्तै छ । डाक्टरलाई बिरामी जाँच्न र अप्रेसन गर्न हतारो छ ।

शुक्रबारदेखि हाडजोर्नी तथा नसासम्बन्धी रोगका बिरामीको उपचार गरिरहेकी ६७ वर्षीया स्विस नागरिक डा. क्यार्टिन बाबु स्वर्गीय टोनी हेगनको बाटो पछ्याउँदै चिकित्सक टोली लिएर जाजरकोट आइपुगेकी हुन् । जसले छिमेकी जिल्लाहरु रुकुम, सल्यान, सुर्खेत र डोल्पाबाट आएका बिरामीको समेत उपचार गरिरहेकी छन् ।
टोनी हेगन, जसले नेपाललाई संसारभर चिनाए । उनकै पुस्तकमा क्यार्टिनले जाजरकोट भेटिन् । अनि, ५० वर्षअघि बुवाले व्यक्त गरको चाहना पूरा गर्न जाजरकोट आइपुगिन् । ‘जाजरकोट आएर ठूलो धोको पूरा भएको छ,’ उनले भनिन् । डा. क्यार्टिन हाडजोर्नी तथा नसा रोगका ७ विशेषज्ञसहित डेढ दर्जन स्वास्थ्यकर्मी लिएर उपचारमा लागिपरेकी छन् ।
डा. क्यार्टिन टोनीकी माहिली छोरी हुन् । ६२ वर्षअघि पश्चिम नेपालको भम्रणका क्रममा जाजरकोटकै बाटो भएर डोल्पा शे–फोक्सन्डो र उपल्लो डोल्पा पैदल पुगेका थिए टोनी । त्यस क्रममा जाजरकोटका दुर्गम जनताले भोगिरहेका समस्याबारे बुझ्ने अवसर पाएका उनले रोग र भोगले ग्रसित जाजरकोटका बासिन्दाका लागि केही गर्ने सकंल्पका साथ डायरी लेखेका थिए । क्यार्टिनलाई स्वास्थ्य सेवाका अतिरिक्त समाजसेवामा निकै रुचि भएको उनका दोभाषे सरोज सत्यालले बताए । 
शनिबारसम्म दुई दर्जन बढीको अप्रेसन र ६ सय बिरामीको चेकजाँच भइसकेको छ । कान्तिपुर दैनिकमा भीमबहादुर सिंहले लेखेको समाचार छ । 


 

Last modified on 2016-04-18 17:57:17

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts