अटिजम भएको थाहा पाउन १५ वर्ष लाग्यो...

What's This?


Download our app to get more features

काठमाडौं, २१ चैत्र । जन्मँदा सामान्य रुपमा जन्मिएको छोरा व्यवहार सामान्य बच्चाको जस्तो नहुँदा गोरखा ताप्ले गाविस–२ की निर्मला श्रेष्ठले निकै दुःख पाए ।

के कारणले छोराको शारीरिक विकाससँगै बोली संवादको विकास नभएको हो भनी उनलाई थाहा पाउन पनि कठिन भयो । अरु बच्चाले जस्तो दोहोरो संवाद नगर्ने, आफ्नो उमेर समूहका बालबालिकासँग नखेल्ने, घाउ, चोटपटक तथा दुःखाइप्रति वास्ता नगर्ने गरेपछि उनी उमेर बढ्दै गर्दा ठीक होला भनी बसेको सम्झिन्छन् । उनले भने, ‘बाबुको यस्तो व्यवहार के हो भनी थाहा पाउन हामीलाई १५ वर्ष लाग्यो । स्कुल भर्ना गरेपछि पनि उसको व्यवहार असामान्य भएपछि त्यहाँ भर्ना लिन मानेनन् । पछि हामीले टिचिङमा देखाएपछि अटिजम भएको पत्ता लागेको हो ।’ अहिले उनको छोराको उमेर १८ वर्ष भएको छ । 
यस्तै भोगाइ छ अञ्जना महराको पनि । आफ्नो कान्छो बच्चाको उमेर वृद्धिसँगै हुनुपर्ने शारीरिक विकास भए पनि संवाद नगर्ने, एक्लै बस्ने, बोलाउँदा वास्ता नगर्ने भएपछि चिकित्सकलाई देखाउँदा अटिजम भएको पत्ता लागेको अनुभव सुनाउँछन् । तीन वर्षको हुँदा उनले छोरालाई अटिजम भएको थाहा पाएपछि विशेष ख्याल राखेको बताए । 
घरपरिवार, समाजले यस्ता व्यक्तिलाई गर्ने व्यवहारले निकै समस्या पारेको अटिजम भएका अभिभावकको भनाइ छ । अटिजम स्नायु प्रणालीको असन्तुलनबाट उत्पन्न भएको विकासक्रम अवरोधसम्बन्धी जन्मजात रोग हो । अथवा अटिजम जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता हो । यसलाई मस्तिष्क विकासको विकार पनि भनिन्छ । 
अटिजम केयर नेपाल समाजका अध्यक्ष डा. सुनिता मलेकु अमात्यले भने, ‘अटिजम मानसिक र बौद्धिक अपाङ्गता नभए पनि ४० प्रतिशत अटिजम भएका व्यक्तिमा बौद्धिक कमजोरी देखिन्छ ।’ तर उनीहरुलाई दैनिक व्यवहार, आचरणसम्बन्धी विशेष थेरापीको आवश्यकता भएको चिकित्सकको भनाइ छ । 
संयुक्त राष्ट्र सघंले सन् २००८ अपिल २ तारिखलाई ‘विश्व अटिजम जनचेतना दिवसको रुपमा मनाउने गर्दछ । यो सचेतना दिवस नेपालमा पनि मनाउने गरिएको छ । 
रासस
 

Last modified on 2016-04-03 09:21:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts