फारमसँगै मेडिकल रिपोर्ट बिक्रीे



Download our app to get more features

कञ्चनपुर, १४ असोज । कैलाली, धनगढीका तेज खड्का मोटरसाइकल लाइसेन्सका लागि निवेदन दिन बिहीवार बिहानै महेन्द्रनगर पुगे । 

यातायात कार्यालय सामुन्नेको फुटपाथ पसलबाट ३ सय रुपैयाँ तिरेर फारम लिए । मेडिकल रिपोर्ट पनि त्यही पसलमा बनाइयो । रगत जाँचका लागि मात्रै एउटा निजी मेडिकलमा पठाइएको उनले बताए । 

‘मेडिकल रिपोर्ट पनि फारमसँगै रेडिमेड थियो,’ खड्काले भने, ‘रगत जाँचका लागि मात्रै बाहिर जानुपर्यो । उनले फारमसँगै डाक्टरले पहिल्यै दस्तखत गरिराखेको मेडिकल रिपोर्ट एकसाथ किनेका थिए । 

यति बेला महाकाली अञ्चल यातायात कार्यालय छेउ छाप्रा, छातामुनि, बेन्च र भुइँमै फारम उपलब्ध गराउनेले रेडिमेड मेडिकल रिपोर्ट बनाएर बेचिरहेको सेवाग्राही बताउँछन् । 

उनीहरुका अनुसार फारम र मेडिकल रिपोर्टको एकसाथ ३ सय देखि ५–६ सय रुपैयाँ असुल्ने गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Last modified on 2017-08-18 14:54:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts