सुरक्षित गर्भपतन सम्बन्धी नयाँ कानुन बन्ने



Download our app to get more features

काठमाण्डौं, १४ असोज । स्वास्थ्यमन्त्री गगन थापाले प्रजनन स्वास्थ्य अधिकारको निर्देशिका बनाउन तत्काल सुरु गर्ने बताएका छन् । 

सुरक्षित गर्भपतन दिवसका अवसरमा सञ्चारिका समूहले गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले प्रजनन स्वास्थ्यका विषयमा आफू पहिलादवेखि नै सचेत र गम्भीर भएको बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

काम गर्ने ठाउँमा पुगेकाले अब काम गरेरै देखाउने उनले बताए । उनले सुरक्षित गर्भपतनका लागि छुट्टै कानुन बनाउनका लागि मस्यौदा बनाएर लैजाने तयारीमा रहेको जानकारी दिए । अधिवक्ता सविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै प्रतिवर्ष विश्वमा २० करोड ८० लाख महिला गर्भवती हुने र तीमध्ये आठ करोड ५० लाख अनिच्छित गर्भ रहने गरेको तथ्यांक प्रस्तुत गरे ।

उनले विश्वमा वार्षिक चार करोड ७० लाख गर्भपतन हुने र त्यसमा दुई करोड २० लाख असुरक्षित गर्भपतन हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । 

Last modified on 2017-08-18 14:54:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts