एचआईभीको नयाँ सङ्क्रमण घट्दै



Download our app to get more features

धनगढी, १४ असोज । एचआईभीका बढी नै बिरामी रहेको सुदूरपश्चिममा पछिल्लो केही वर्ष यता नयाँ संक्रमण दर घट्दै गएको छ । 

तीन वर्ष यता विगतको तुलनामा नयाँ संक्रमण दर घटेको संघसंस्थाले जनाएका छन् । एआरटी खानेको संख्या बढ्दै गएकाले नयाँ संक्रमण दर घट्दै गएको जिल्ला जनस्वास्थ्य कैलालीका एचआईभी एड्स ‘फोकल पर्सन’ महेश चन्दले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

उनले नयाँ संक्रमण दर घटे पनि यसको ठीक विपरीत एआरटी खानेको संखया बढ्दै गएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गर्भवती परीक्षणका क्रममा सन् २०१३ मा १५, २०१४ मा ३७ र २०१५ मा ९ नयाँ संक्रमण फेला परेको थियो । 

नियमित एआरटी खाएमा नयाँ संक्रमण दरमा कमी ल्याउन सकिने चन्द बताउँछन् । सदूरपश्चिम भरि सन् २०१३ मा २ हजार ७, २०१४ मा २ हजार २५४ र २०१५ मा २ हजार ५३९ जनाले एआरटी खाएको तथ्यांक रहेको छ । 

Last modified on 2017-08-18 14:55:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts