सुदूरपश्चिममा दुई महिनादेखि सिटामोल अभाव
भीमदत्तनगर,१३ असोज । सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोललगायत निशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो ।
आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाइ सिटामोल खरिद गर्न निर्देशन दिएको छ ।
तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाइ जनाकारी गराइएको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जनाकारी दिए उनले भने 'आपूर्ति गर्ने कम्पनी कारवाहीमा परेकाले अभाव भएको हो ।' आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
Last modified on 2017-08-15 14:56:47