विर्तामोडको बि एन्ड सीलाई शिक्षण अस्पतालको सम्बन्धन माग्दै अनशन

What's This?


Download our app to get more features

विर्तामोड,१३ असोज ।  विर्तामोडमा रहेको बी एन्ड सी अस्पतातलाई शिक्षण अस्पतालको सम्बन्धन माग गर्दै झापाको चैतन्यप्रकाश मैनालीले आमरण अनशन सुरु गरेका छन् ।

बि एन्ड सी अस्पतालको भुइ तलाको खाली जग्गामा मैलालीले बुधबार अपराह्नदेखि अनशन सुरु गरेका हुन् ।

 अस्पतालमा पत्रकार सम्मेलन गरेर मैनालीले २६ लाख मेची अञ्चलवासीको स्वास्थ्य  र शिक्षासँग जोडिएको विषय भएको  हुनाले समबन्धनका लागि आफू अनशन बसेको बताए । उनले भने 'मेची अञ्चलवासीले भारतको सिलिगुढी गएर लासको लाखौं तिरेल आउनु नपरोस भनेर आमरण अनशन सुरु गरेको हुँ ।' 

भर्खैरै गठन भएको स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उवपाध्यक्षसमेत रहेका मैनालीले आफू विगत १५ वर्षदेखि सामाजिक कार्यकर्ताको रुपमा खटिएको र बी एन्ड सीसँग आफ्नो कुनै संलग्नता नरहेको बताए ।

उनले सुदूरपूर्वका नागरिकको स्वास्थ्य  र शिक्षाको माग तथा आवश्यकता पूरा गर्न सरकारले उक्त अस्पताललाइ सम्बन्धन दिनुपर्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

Last modified on 2017-08-15 14:57:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts