औषधि व्यवस्था विभागबाटै हेरोइनको कारोबार,एक ग्रामकै पर्छ ८० हजार
काठमाडौं,१३ असोज । नेपालगन्जका ३२ वर्षीय सुनील गुप्ता पेसाले पानस फर्मास्युटिकल्सका कर्मचारी हुन् ।
तर, उनी औषधि कारोबारको मात्र डिल गर्दैनन्, गम्भीर किसिमको लागूपदार्थ खैरो हेरोइनसमेत खरिद बिक्री गर्छन् । उनको लागुऔषध कारोबारको शैली अरुको भन्दा फरक छ । पानस फर्मास्युटिकल्समा लाइजन अफिसर रहेका उनी बारम्बार विजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालय गइरहन्छन् ।
विभागमा उनको कार्यालयकामात्र नभइ व्यक्तिगत काम पनि हुने गर्छ । उनी पानस फर्मास्युटिकल्सभित्र कम्पनीका औषधिमात्र होइन खैरो हेरोइनसमेत राख्थे । विभागबाटै जोखेर उनले खैरो हेरोइन विक्री गर्दै आएका थिए । प्रहरीले पत्ता लगाइ विभागमा रहेको कम्पनीको दराजबाट २२ ग्राम खैरो हेरोइन बरामद गरी उनलाइ पक्राउ गरेको छ ।
विभागमा राख्दा सुरक्षित हुने ठानेर उनले त्यहाँ राखेको हुन सक्छ लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख डिआइजी जयबहादुर चन्द भन्छन् विभागमै भएको दराजमा खैरो हेरोइनमात्र नभइ जोख्ने साना डिजिटल तराजुसमेत प्रहरीले बरामद गरेको छ । उनले काठमाडौंका हाइक्लास लागूऔषध दुव्र्यसनीलाइ खैरो हेरोइन बिक्री गर्दैै आएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा एक ग्राम हेरोइन ८० हजार रुपैयासम्ममा बिक्री हुन्छ । एक मिलिग्रामको दुव्र्यसनीले एक डोज बनाएर सेवन गर्छन् । र एक डोजकै ७ देखि ८ हजार पर्ने भएकाले धनी दुव्र्यसनीले यस्तो लागूऔषध प्रयोग गर्छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । –फाइल तस्वीर