एउटै मेडिकल कलेजमा चारथरी शुल्क !

What's This?


Download our app to get more features

काठमाडौं,१३ असोज । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । 

समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदनमा आर्थिक अवस्था राम्रो भएकाहरुबाट शुल्क लिने र कमजोर आर्थिक अवस्था हुनेमा लगानी गर्ने गरी शुल्क तय गरिएको छ । मेडिकल कलेजका सिट संख्या आधारमा चारथरी शुल्क निर्धारण गरिएको छ ।

एउटै कजेलमा निशुल्क, नियमित शुल्क, अतिरिक्त शुल्क अर्थात व्यवसायिक सिट शुल्क र वैदेशिक सिट शुल्क निर्धारण गरिएको छ । अहिलेसम्म नेपाली विद्यार्थीलाइ समान शुल्क निर्धारण गरिएको थियो । 
यस्तो छ एमबिबिएस शुल्कको अवस्था

तोकिएको शुल्क पहिलो वर्ष बढीमा ५० प्रतिशत र बाँकी शुल्क आगामी तीन वर्षभित्र तीन किस्तामा हुन आउने रकम दामासाहीले लिने व्यवस्था गर्नुपर्ने सिफारिस गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 
 

Last modified on 2017-08-15 14:58:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts