रङ र लक्षण हेरी किनौं खसी : स्वस्थलाई हरियो अस्वस्थ रातो
काठमाण्डौं, १२ असोज । स्वास्थ्य मासुका लागि हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले उपभोक्तालाई सुझाव दिएको छ ।
सरकारले दसैंमा उपत्यका भित्रिने खसीबोकाको स्वस्थ परीक्षण गरी स्वस्थलाई हरियो र अस्वस्थलाई हरियो रंग लगाउने तयारी गरेको छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
पशु सेवा विभाग, पशु पन्छी बजार प्रवद्र्धन निर्देशनालय, भेटेरिनरी जनस्वास्थ्य कार्यालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय र केन्द्रीय पशु चिकित्सालयको संयुक्त आयोजनामा स्वस्थ र अस्वस्थ पशुको पहिचान गरिने भएको छ ।
मानव स्वस्थलाई दृष्टिगत गर्दै सरकारले स्वास्थ्य खसीबोकाको सिङमा हरियो र अस्वस्थलाई रातो चिन्ह लगाउने अभियान घटस्थापना(आगामी शनिवार)देखि सुरु गर्दैछ । ती पाँचवटै निकायको मंगलवार सम्पन्न संयुक्त बैठकले आगामी शनिवारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।
बैठकले कलंकी, टुकुचा र बिजुली बजारमा एक÷एक गरी तीन टोली र उपत्यकाका चारवटा नाका भक्तपुरको साँगा, काठमाडौंको चोभार, नागढुंगा र बालाजुमा पशु क्वारेन्टाइनको टोली परिचालन गर्ने निर्णय गरेको हो ।