सरकारी अस्पतालमा ओपीडी सेवा पाँच बजेसम्म
काठमाण्डौं, १२ असोज । विशेषज्ञ चिकित्सकलाई जाँच गराउन नपाएको गुनासो बिरामीबाट व्यापक रुपमा आएपछि स्वास्थ्य मन्त्रालयले मातहतका सम्पूर्ण अस्पताललाई ओपीडी सेवा अनिवार्य रुपमा १० देखि पाँच बजेसम्म खुलै राख्न निर्देशन दिएको छ ।
यसअघि केही सरकारी अस्पतालमा ओपीडी सेवा दुई बजे नै बन्द हुने गर्दथ्यो । मन्त्रालयले मातहतका स्वास्थ्य सेवा विभाग, आयुर्वेद विभाग, चिकित्सा स्वास्थ्य राष्ट्रिय प्रतिष्ठान(न्याम्स), क्षेत्रीय निर्देशनालय, जिल्ला अस्पताललगायतलाई परिपत्र गरी अनिवार्य रुपमा १० बजेदेखि पाँच बजेसम्म ओपीडी सेवा दिन निर्देशन दिएको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्को बैठकबाटै सार्वजनिक महत्वको विषय भएको भन्दै हरेक सरकारी अस्पतालबाट १० देखि पाँच बजेसम्म ओपीडी सेवा उपलब्ध गराइने बताएका थिए ।
स्वास्थ्यसचिव डा. सनेन्द्रराज उपे्रतीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको निर्देशनलाई टेकेर मन्त्रालयले सरकारी अस्पतालको सेवा चुस्त बनाउन त्यस्तो निर्देशन दिएको बताए ।
मन्त्रालयको निर्देशनअनुसार थापाथलीस्थित परोपकार तथा प्रसूति रोग अस्पतालले मंगलवारदेसिख ९ देखि ४ बजेसम्म ओपीडी सेवा दिन थालेको छ ।