‘क्यान्सर अस्पताल बन्द हुने खतरा’



Download our app to get more features

चितवन, १२ असोज । यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सोमवार आफ्नै हलमा १७ औं वार्षिकोत्सव समारोह आयोजना ग¥यो । 

गत वर्ष अस्पतालले प्रदान गरेका सेवा र आवश्यकताको कार्यक्रममा समीक्षा हुनुपथ्र्यो । त्यही अपेक्षाअनुसार अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारी सहभागी थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ । व्यवस्थापनको अपेक्षाविपरतीत जिल्लास्थित राजनीतिक दल र सरोकारवालाले ‘कमाउने स्वार्थ’ले चिकित्सक र कर्मचारीले अस्पताललाई ‘क्यान्सर’ रोगी बनाएको आरोप लगाए ।

उनीहरुले यहाँ कार्यरत चिकित्सक र कर्मचारीले विभिन्न दलमा आबद्ध रहेको जनाउँदै अस्पताललाई ‘लुटने’ काम गरिरहेको उल्लेख गर्दै त्यस्तो कार्य रोक्न चेतावनी दिए । चीन सरकारको सहयोगमा निर्माण भएका पूर्वाधार जीर्ण बन्दासमेत रेखदेख र मर्मत हुन नसकेको जनाए । चिकित्सक र प्राविधिकले यहाँ क्यान्सर उपचारमा उपयोग हुने उपकरण बिगारेर भए पनि बिरामीलाई निजीमा जान बाध्य तुल्याएको आरोप लगाउँदै दलले उनीहरुलार्य नैतिकवान बन्न आग्रह गरे । 

लामो समयदेखि अस्पताललाई सघाउँदै आएका स्थानीयले विभिन्न सरकारका स्वास्थ्यमन्त्रीलाई समस्या अवगत गराउँदासमेत सुनुवाइ नभएको दुखेसो गरे । पटक पटक विकृति र विसंगतिले अस्पताललाई खान लाग्यो भनेर आहान गर्दासमेत कसैले वास्ता नगरेको क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेले बताए ।

एमाले जिला उपसचिव पार्वती रावलले यसको दुरावस्थाबारे आफूले ६\७ वर्षदेखि सचेत गराउँदै आएको बताइन् । ‘हामीले यति ठूलो सम्पति जोगाउन सकेनौं,’ उनले भनिन्, ‘यही अवस्था रहे अस्पताल छिट्टै बन्द हुन्छ ।’

Last modified on 2017-08-18 15:25:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts