निजी क्लिनिकमा ठगिँदै बिरामी

प्यूठान, १० असोज । अनुगमन अभावमा जथाभावी खुलेका अवैध क्लिनिक र औषधि पसलबाट बिरामी ठगिएका छन् ।
सम्बन्धित निकायले अनुगमन प्रभावकारी नबनाउँदा स्थानीय बासिन्दा मर्कामा परेको गुनासो बढिरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अवैध क्लिनिक, ल्याब र औषधि पसल सञ्चालन गर्दासमेत क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत, औषधि व्यवस्था विभाग नेपालगन्ज, जिल्ला स्वास्थ्य र जिल्ला प्रशासन कार्यालय प्यूठान मौन छन् । योग्यता नपुगेकाले एक्सरे, भिडियो एक्सरे र उपचारमा संलग्न भई बिरामीको स्वास्थ्यमा खेलवाड गरिरहेका छन् ।
जिल्लाका बाग्दुला, बिजुवार, बाहाने, मच्छी र भिंगलगायत स्थानका औषधि पसल र क्लिनिकहरुबाट बिरामी ठगिने गरेका छन् ।
Last modified on 2017-08-15 15:08:32