स्वास्थ्य केन्द्रभन्दा क्लिनिककै विश्वास



Download our app to get more features

विराटनगर, ९ असोज । सरकारले स्वास्थ्य चौकीहरुमा उपचार सेवा र निःशुल्क औषधि दिएको मोरङ लखन्तरीका बासिन्दालाई राम्रै जानकारी छ । 

गाउँमा दैनिक कोही न कोही विरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य चौकी आउँदैनन् बरु नजिकैको झोराहाट र मिलनचोकमा अवस्थित क्लिनिकतिर धाउँछन् । बिरामी पर्दा क्लिनिक धाउनेमध्येकै एकजना हुन् भुटीदेवी ऋषिदेव । लखन्तरी गाविस १ मा बस्ने उनको टोलका बासिन्दा बिरामी पर्दा स्वास्थ्य चौकी जाँदैनन् । 

ऋषिदेव भन्छिन्, ‘सरकारले डाक्टर दिएको छ । औषधि पनि दिन्छन्, तर ती डाक्टरले जाँचेर दिएको औषधिले कामै गर्दैन । बिरामी पर्दा औषधि खायो लाग्दैलाग्दैन ।’ उनले आफ्नो टोलका मानिसलाई क्लिनिककै औषधिले बिसेक हुने गरेको बताइन् । लखन्तरीकै चन्द्रकला मोदीलाई पनि स्वास्थ्य चौकीको औषधिभन्दा क्लिनिककै बढी प्रभावकारी हुन्छ भन्ने लाग्छ । 

सामान्य बिरामी पर्दा पनि स्वास्थ्य केन्द्रभन्दा अन्तै जाउँ कि भन्ने इच्छा हुने गरेको बताउँदै मोदीले भनिन्, ‘स्वास्थ्य केन्द्रले औषधि त दिन्छ काम कत्तिको गर्छ टुंगो हुँदैन । मोरङको लखन्तरीमा मात्र नभएर धेरै ग्रामीण क्षेत्रमा बिरामी पर्दा मानिसहरु सकभर स्वास्थ्य केन्द्र जाँदैनन्, गए पनि त्यहाँबाट वितरण हुने औषधि सेवन गर्दैनन् । 

सरकारले निःशुल्क वितरण गर्ने औषधि काम गर्दैन भन्ने ग्रामीण क्षेत्रमा ठूलो भ्रम छ । –आजको अन्नपूर्ण पोष्टमा समाचार छ । 

Last modified on 2017-08-15 15:14:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts