धरानको बीपीमा विद्यार्थी भर्ना चलखेल



Download our app to get more features

काठमाण्डौं, ९ असोज । निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितताको आरोप खेपिरहेका बेला मुलुककै एक प्रतिष्ठित मेडिकल कलेजले पनि व्यापक भर्ना अनियमितता गरेको पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयको अनुसन्धानबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट ग्य्राजुएट(पीजी)तर्फ सरकार मातहतका संस्थाले ‘स्पोन्सर’ गर्ने कोटाको भर्ना प्रक्रियामा अनियमितता भएको पुष्टि भएको हो । आजको अन्नपूर्ण पोष्टमा समाचार छ । 

ऐनअनुसार उक्त कोटामा अध्ययन गर्न सरकारी संस्थामा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्छ । मन्त्रालय स्रोतका अनुसार स्पोन्सर गरिएका तीन विद्यार्थी हाल कुनै पनि सरकारी संस्थामा आबद्ध छैनन् । 
प्रतिष्ठानका पदाधिकारीको मिलोमतोमा उनीहरुलाई भर्ना गर्दा सम्बन्धित कार्यविधि नअपनाइएको, प्रक्रिया पूरा नगरेको, उत्कृष्ट प्राप्ताङ्कका आधारमा भर्ना नगरेको भेटिएको हो । 

भर्नामा अनियमितता भएको सूचना बाहिर आएपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले छानविनका लागि स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गरी त्यहाँ खटाएका थिए । 

प्रतिष्ठानले पूर्वाधारबिना सिट निर्धारण गरी विद्यार्थी भर्ना गरेको पनि अनुसन्धानबाट पुष्टि भएको छ । 

Last modified on 2017-08-18 16:38:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts