अस्पतालको भवन निर्माण सुरु 



Download our app to get more features

भरतपुर, ९ असोज । देशकै मध्यभाग चितवनको भरतपुरमा रहेको भरतपुर अस्पतालको सेवा तथा स्तर वृद्धि गर्ने गरी ‘सी’ ब्लक भवनको निर्माण प्रक्रिया सुरु भएको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले बिहीवार यसको शिलान्यास गरेपछि भवन निर्माण प्रक्रिया अगाडि बढाउने कार्यलाई तीव्रता दिइएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

अस्पतालको मागअनुसार स्वास्थ्य मन्त्रालयले ‘सी’ ब्लक भवन निर्माणका लागि भरतपुर अस्पताललाई २८ करोड ८२ लाख १४ हजार ९९१ रुपियाँ ४२ पैसाको लागत स्वीकृत गरेको थियो । सोही स्वीकृत बजेट अनुसार नै अस्पतालको भवन निर्माण प्रक्रिया सुरु गरिएको पनि सुवेदीले बताए । 

भवन निर्माणका लागि लाग्ने लागतमा भरतपुर अस्पतालले २० प्रतिशत रकम लगानी गर्नुपर्नेछ । बाँकी ८० प्रतिशत रकम नेपाल सरकारको लगानी हुने बताइन्छ । 

Last modified on 2017-08-15 15:16:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts