उच्च रक्तचापबारे कमैलाई मात्र थाहा हुने केही कुरा



Download our app to get more features

उच्च रक्तचाप (ब्लड प्रेसर हाई) को उपचार सम्भव रहेपनि विश्वमा हृदयघात तथा मुटु रोगका विरामीको संख्यमा कमी आएको छैन । बरु यो संख्या दिनप्रतिदिन बढ्दै गएको तथ्यांकले देखाउँदै आएका छन् ।

उच्च रक्तचाप अधिक भएमा यसले मुटुमा मात्र  नभई मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्ने गर्दछ । तर पनि उच्च रक्तचापलाई मानिसहरुले हलुका रुपमा लिने गरेका कारण यसको असर विश्वभर नै डरलाग्दो गरी बढिरहेको छ ।

त्यसैले उच्चरक्त चापसँग जोडिएका केही तथ्यको बारेमा जानकारी पाउँन आवश्यक देखिन्छ । उच्च रक्तचाप नियन्त्रणका बारेमा सचेतता अपनाउन सकियो भने यसलाई रोकथाम गर्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन्

  • उच्च रक्तचाप स्वास्थ्यको यस्तो समस्या हो जसको कुनै लक्षण हुँदैन । जुन व्यक्ति यसबाट पिडित रहेको छ यसलाई समस्या हुनुपूर्व कुनै चेतावनीको संकेत देखिदैन । तर जब उच्च रक्तचाप अधिक मात्रामा बढ्न जान्छ तव टाउको दुख्ने, स्वास–प्रस्वासमा समस्या आउन थाल्छ ।
  • उच्च रक्तचाप भएको व्यक्तिलाई मुटु सम्बन्धी कुनै पनि समस्या हुने संभावना रहन्छ । उच्च रक्तचापबाट हृदयघात हुनुमात्र नभई मानव जीवनमै ठूलो आघात पुर्याउन सक्ने विशेषज्ञहरुले बताउँदै आएका छन् । त्यसैले उच्च रक्तचापलाई हलुका रुपमा लिनु मुर्खता हुन्छ ।  यसलाई नियन्त्रण राख्नका लागि समय समयमा जाँच गर्नुपर्छ ।
  • अनुसन्धान अनुसार परिवारमा कसैलाई उच्च रक्तचाप तथा मोटापन छ भने अन्य सदस्यलाई पनि यो समस्या देखिन सक्ने सम्भवना अधिक रहन्छ । यसको अलावा शारीरिकरुपमा सक्रिय हुननसक्नु, नियमित रुपमा धेरै रक्सी सेवन गर्ने आदि कारण पनि उच्च रक्तचापको कारण बन्न सक्छ ।
  • हाल उच्च रक्तचपका विरामीको संख्या बढिरहेको छ । एक अध्ययन अनुसार यो विश्वको सबै भन्दा धेरैमा देखिएको समस्या हो भने यसका विरामीहरुको संख्या पनि उच्च रहेको छ ।
  • रक्तचाप सामान्य बनाउनका लागि धेरै तरिका अपनाउन सकिन्छ । चिकित्सद्वारा दिइएको औषधि बाहेक, शारीरिकरुपमा सक्रिय रहने, सन्तुलित भोजन गर्ने, नुन कम मात्रामा खाने, स्वास्थ्यलाई हानी गर्ने गतिविधीबाट टाढा रहने जस्ता सामान्य उपाय अपनाउन सकियो भने रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

 

Last modified on 2017-08-15 15:18:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts